साँझको ५ बजेको थियो, कामले हो कि बिनाकाम्ले, म एउटा अस्पतालमा
पुगेको थिए / अस्पतालमा सबैतिर सान्त थियो / कुनै कोलाहलको आवाज थिएन / डाक्टर पनि
खासै थिएन्, अनि बिरामी पनि / सबै कर्मचारी ध्यान मग्न थिए /
एकाएक एकजना व्यक्ति रोएको आवाज आयो / अनि फेरी अर्को आवाज आयो ; डाक्टर
रमेश, डाक्टर रमेश / डाक्टर रमेशलाई छिटटो बोलाइदिनुस त / ईमरजेनसीमा एउटा क्रिटिकल
केस आको छ / एति नभन्दै एउटा सेतो पोसाकमा हतार हतार गर्दै डाक्टर रमेश आइपुगे /
डाक्टर रमेश संगसंगै हामी सबै हेर्न गयौ, अलि पछि उभिएर / मोटरसाईकल दुर्घटनामा
परेको बिरामी रहेछ / बिरामीको हालत गम्भीर थियो / पेट खुलेर आन्द्रा बूडी बाहिर
निस्केको थियो / टाउकोमा र कुटटामा पनि चोट थियो / बिरामी ल्याउने व्यक्तिलाई
पक्का थाहा थियो / उनको साथी बाच्न गाह्रो छ / उनि रुदै थिए / ठुलो आवाजमा / झन्
पछि झन् ठुलो आवाजमा /
डाक्टर रमेशले विरामीको घाटिको नली खुलाईदिए अनि ventilator मा राखिदिए / बाहिर निस्केको भुडीलाई मिलाएर टालोले बाधीदिए / डाक्टर रमेश सिपालु रहेछन / बिरामी बच्ने केहि झिनो आशा भएपनि देखियो /
एकाएक फेरी बाहिर रोएको ठुलो आवाज आयो / बिरामीका आमा र आफन्त रहेछन / अस्पताल फेरि कोलाहलले भरियो / अस्पतालका एक कर्मचारीले सम्झाउदै थिए / डाक्टर रमेशपनि सम्झाउन बाहिर निस्के / बिरामीका परिवार र आफन्त केहि बुझ केहि अबुझ रहेछन / सबैका विभिन्न बिचार थियो / कतिले त अस्पताललाई दोस दिन पनि पछि परेनन् / अन्तत अस्पतालले बिरामीलाई मणिपाल लैजान रिफर (Refer) गर्यो /
बिरामीलाई उचाल्दै एम्बुलेन्समा हालियो / बिरामीका बुबा अझै आउदै थिए / केहि डिलो भयो / तेतिकैमा एम्बुलेन्सका ड्राइभरपनि गाएब भए / झन् पछि झन् डिलो भयो / केहि समयपछि अन्तत बिरामीलाई लिएर विरामीका बुबा र एक अस्पतालका कर्मचारी भएर मणिपालकालागि हिडे / अस्पताल र मणिपालको दुरि ५ कि मि थियो / मणिपाल लैजादै गर्दा बिचबाटो मै विरामीको निधन भयो / निधन स्वभाविक पनि थियो / र कसैकालागि चासोको बिषय बनेन /
[येसरी मर्नेहरुको संङ्ख्या मेडीसिनमा अधिक छ र येस्ता मृतुलाई रिफर टु एंड मनेजमेन्ट(Refer to and management death) डेथ पनि भन्न सकिन्छ !]
रिफर गर्दा र मनेजमेन्टका कमि कमजोरीबाट हुने मित्युहरु हुन् !

No comments:
Post a Comment