Tuesday, 4 November 2014

बिर्को हराएको जर्किन


मेडिकल पढाईमा हस्पिटल पोस्टिंग अनि हिस्टरी टेकिंग (history taking) कुनै नौलो कुरा होईन / हरेक दिन एउटा वार्डमा पोस्टिंग हुन्छ अनि हरेक दिन एउटा प्यासेन्ट हिस्ट्री टेकिंग गर्नु दैनिक रुटिन हो मेडिकल विद्याथीको / अच्चम्म अच्चम्मको रोग अनि छुटै सोच अनि विचार भएका बिरामीसंग डिल गर्नु मेडिकल सिक्षाको सबैभन्दा जटिल अनि संबेदनसिल काम हो /

सुक्रबार एक दिन दिउसो १२ बजे मेडिसिन वार्डमा पोस्टिंग थियो / सधै झैँ “हाउ टु टेक हिस्ट्री“ भनेर पढाएपछि हामीलाई एउटा प्यासेन्ट हिस्ट्री लिन डाक्टर किरणले पठाउनु भयो / प्यासेन्टको नाम हरिकला गर्ती मगर थियो / (नाममा के नै छ र, उक्त सबै नाम बनावटी हो) / ६८ वर्ष उमेर भएकी हरिकला गर्ती मगर, लेखनाथ नगरपालिकामा बसोबास गर्ने, घरको चुलो समाउने र एक कम आएस्रोत भएको घरमा सबंदित हुनुहुनथियो /

हरिकला गर्ती मगरलाई बरर्जस डीजीज (Buerger’s disease) लागेको रहेछ / दाहिने हातको बिचको औलाको टुप्पो मरेर कालो रंगको भईसकेको रहेछ / हामीले हिस्ट्री लिन अनुमति मागिसकेपछि सोधेका थियौ ; चुरोट खानुहुन्छ भनेर / उहा अलि नबुझे जस्तो गर्नु भयो / अलिपछि सानो सोरमा भनुभयो ; घरमा एकलै हुँदा खान्छु भनेर / कुरा पक्का थियो / बरर्जर्स डीजीज हो बनेर / हामीले उहालाई अनुरोध गर्यौ ; चुरोट कम गर्नुस भनेर / तर उहा मान्न तयार हुनहुन्नथियो ; चुरोटका कारणले एस्तो भहेको भनेर / उहाको छुटै कथा थियो / कथा बनावटि थियो कि उहाको सोंच बेग्लै थियो / हामीले बुझनै सकेनौ /

उहाले भन्नुभयो ; बिर्को हराएको जर्किन को बारेमा / उहाको घरमा एउटा जर्किन रहेछ अनि जर्किनभरि मटीतेल / तर केहि दिनदेखि त्यो जर्किनको बिर्को हराएको रहेछ / सधै जसो उहाले खाना बनाउन र आगो बाल्न खोज्दा जर्किनभरिको माटीतेल पोखिएर हातभरि खस्यो र आगोले समात्यो / आगोले समातेर हात जलेको हो भनेर उहाले जोड दिदै हुनुहुनथ्यो हामीलाई / हामीले उहालाई फेरी सम्झायौ / चुरोटले गर्दा येसो भएको हो भनेर / चुरोट कम गर्नुस भनेर / उहाले फेरी जोड दिनुभयो आफ्नो कथामाथि ; बिर्को हराएको जर्किनमाथि / उहा बिस्वस्त हुनुहुन्थ्यो आफ्नो कथामाथि /

यो रोगमा औलाका टुप्पाका नसाहरु चुरोटले गर्दा, बन्ध भएर रक्त संचालन नहुने गर्दछ / अनि औलाहरु मरेर जान्छ / औला काटेर फाल्नु एक मात्र निधान हो / हामी बिस्वस्त थियो / उहालाई फेरी सम्झायौ / चुरोट कम गर्नुस भनेर / तर हामी असकछ्यम भयौ उहाको कथामाथि ; बिर्को हराएको जर्किनमाथि /

Sunday, 2 November 2014

सीमा – रेखा


बि. स. २०६८ साल, शनिबारको दिन म भारतको एउटा सुन्दर नगरी उत्तर प्रदेशमा अवस्थित, नैनी ताल (naini tal) को भ्रमणमा लागेको थिए / उत्साह र उमङ्गका साथ छिमेकि मुलुक हेर्न / गाडीको पछछिल्लो सिटमा दिदि अनि म बसेर नैनी तालतिर लाग्यौ / अघि बुवा र आमा हुनुहुन्थ्यो /

भारतको सीमा नपुग्दै म आश्चर्यचकित भए / हुनुपनि स्ववाबिक्नै थियो / पढेको, सुनेको भन्दा अलि बेग्लै देखेपछि / कक्षा ७ मा हुदा सामाजिक विज्ञानमा पढेको थिए, महाकाली नदी नेपालमा पर्छ भनेर (mahakali river lies in Nepal ). / तर अली बेग्लै देखे /

त्यो त किताबमा मात्र सिमित रहेछ, यथार्तमा महाकाली नदी अलि वरनै नेपालको सीमा रेखांकित भएको रहेछ / महाकाली नपुग्दै १ कि. मि. वर नै भारतीय जवानहरु थिए / सुरक्षा पोशाक्मा / कडा स्वभाव र रुखो बोलीले आवत जावत गर्ने सबैको खल्ती देखि झोलासम्म सबै जाचबुज गर्दै थिए भारतीय जवानहरुले / १ किलो चिनी भेटटाएमा रु. २० नगद कर तिर्नु पर्ने रैछ जवानको खल्तीमा /

भारतीय सुरक्षा ब्यारेक क्रस गरेपछि, अन्तत हामी महाकाली नदीनिर अईपुग्यौ / नेपाल र भारतलाई छुट्टाउने यो महाकाली नदीमा पनि भारतीय जवानहरुको प्रोभुत्तो थियो / महाकाली नदी पार गर्न एउटा मात्र पुल छ र यो पुलको कमान भारतीय जवानहरुको हातमा छ / पुल पार गर्ने समय देउसो १२:०० बजेदेखि २:०० सम्म मात्र राखिएको रहेछ / अरु समयमा आवत जावत गर्ने सवारी साधनले छुट्टै कर तिर्नु पर्ने रहेछ, भारतीय पुल रक्षकलाई / हातमा ५० भन्दा बडी जति दिएपनि हुन्छ यी जवानहरुलाई /

पुलको ढोका खोल्ने समयमा मैले झ्यालबाट पुलुक्क बाहिर हेरे / किताबमा पढेको, अनि सुनेको मेरो महाकाली नदीलाई / राष्ट्रियता खुलेर आयो / शरिरभरि तातो रिस बलेर आयो / रिसको आगो आफूभित्रै समाउदा आखा भित्र आसु खसेर आयो /

महाकाली नदी दुई भागमा बाडिएको थियो, नेपाल र भारतमा / गर्मीको सुक्कायाममा पानी भारतीय मूलमा लैजाने अनि बिजुली निकाल्ने गरि बाध बधिएको थियो / अनि बर्षायाममा बाध खोलेर नेपाली भुमि बगेर जाने कुरा सुनेपछि झन् थामी नसक्नु भयो / मनभित्र राष्ट्रियता बलेर आयो /

भारतीय नुनको सोझा नेताहरुले सुगौली सन्धी लाएपछि, रिसको आगो आफूभित्रै राखनु बाहेक अरु कुनै विकल्प थिएन /

३ घण्टाको बाटोपछि अन्तत हामी नैनी तालमा पुग्यौ / शान्त, सुन्दर अनि प्राकृतिक नैनी ताल, चिल्ला सडक अनि ठुला पाचतारे होटल देखेपछि कतै कतै पोखराको फेवा तालसंग मेल खादो रहेछ जस्तो लग्यो / कुन ताल राम्रो भनेर छुट्याउन गार्हो पर्यो मलाई / नैनी ताल, धुन ताल गुमेर फेरी तेहि सीमा रेखामा आईपुग्यौ जहाँ लुकेको, सुकेको र हराउन लागेको राष्ट्रियता बलेर आऊछ /

फर्कदा फेरी पुलुक्क हेरे मेरो महाकालीलाई, दुई भागमा बाढेको / अनि देखे असक्त र निर्लज नेपाली अनुहारहरुलाई खोला वारी पारि गरेको / आफ्नै आखाले देखे खुला रुपमा नेपालीको स्वविमान बेचिएको / अनि झलक्क सम्झे नेपाली सहिदहरुले अंग्रेजहरु बिरुद्धधको लडाईमा दीएको बलिदान, तेहि नेपालीको स्वविमान बेचिएको सीमा रेखामा /

नारायणी नदीको किनार र मकैको व्यापार


कलिला मकैका दाना हामी युवाहरुलाई तेति मिठो र स्वादिलो नहोला तर बुडा पाकाहरूलाई ती कलिला मकैका दाना छिप्पेका दातले चबाउन औधिनै रमाइलो लाग्छ / जे होस् बुडा पाका होस् या युवा तन्नेरी, मकै सबैलाई मन पर्छ, धेर वा थोर / येस्तै मकै खाने लामो भिड हुन्छ नारायणी नदीको किनारमा / पुर्व देखि पश्चिम जाने र काठमाडौँ देखि बाहिर जाने, धेरैले खान्छन मकै / नून र मकैको स्वाद बेग्लै मज्जाको हुन्छ / स्वादिलो अनि पोसिलो पनि / तेसैले होला यो मकै औधि मन पराउने यी बुडा पाकाहरुले /

मकैको व्यापार गर्ने साना ब्यापारीहरु पनि अतिनै प्रोसाहित छन्, मकै व्यापारबाट / नारायणी किनारमा मुफतमा पाईने बलेको आगो अनि खेर नजाने र घाटा नलाग्ने मकैको व्यापार देखी ब्यापारीहरु खुशी छन् / सस्तो, सुलब र फाईदाजनक मकै खान पाउने यात्रीहरुपनि /

मकै रु. २० मा पाईन्छ, नारायणी बस बिसौनीमा / मकै खाने, मकै, भन्दै बसको झ्यालमा पुक्लुक्क आईपुग्छ्न बाल स्रम्जिबिहरु / बस चलेको र रोकेको नै थाहा पाउदैनन यी बाल स्रम्जिबिहरु / थालको मकै नभ्याईन्दाजेल झरर्दैनन यी बाल स्रमिकहरू / महंगीले आकाश छोएको बेला एती सस्तो मकै पाएपछि कहाँ छोडथियो र नेपालीले / मकैका थाल खाली हुन्छन /

मकै खाने बानी पुस्तै पुस्ता देखिको चलन हो कि यो पनि बिदेशीको अनुयाई गरेको, मलाई बुझन अलि गार्हो भयो / हाम्रो देशमा मकै भनेर खाईने यी मकै, बिदेसिले पप कोर्न (pop corn) बनाएर खादो रहेछन / तेसैले त आधुनिकतामा अल्मलिएका युवाहरु सिनेमा हलको पप कोर्न (pop corn) रमाई रमाई खान्छन र घरमा बनेको मकैलाई रत्तिभर आखा लगाउदिनन /

जे नाम दिएपनि, नेपालीले सहज बुज्ने यी कलिला मकैका दाना र दातले चपौउदा पट पट फुट्ने यी मकैका फुला, खान औधिनै रमाइलो लाग्छ / म पनि मकै खान्छु  / चाहे घरमा होस् या सिनेमा हलमा होस् वा नारायणीको किनारमा /