नेपाली हामी बिश्वलाई नै स्वाभिमान र स्वतन्त्र रहेको राष्ट्रको
संज्ञा दिन्छौ ! भारतीय नाकाबन्धि बिरुद्ध फेसबुक र ट्वीटरमा कडा भन्दा कडा बिरोध
गर्छौ ! ईतिहासमा बलभद्र र अमरसिह जस्ता गोर्खालीले स्वाभिमान रहेको नेपाल भनेर
घमण्ड गर्छौ ! तर हाम्रो देश स्वाभिमान केवल ईतिहासमा मात्र रह्यो ! बर्षौ देखि
कोशी र महाकालीको सिमानामा हराएको नेपाली स्वाभिमान र रास्ट्रियताको कोहि कसैले
बिरोध गरेन ! आज घरमा चुलो बलेन, गाडीमा पेट्रोल भएन भन्दैमा भारतिय अथिक्रमण भन्नु
लज्जा हो, कायरता हो ! मागेर चलेको देशमा रास्ट्रियता र स्वाभिमान खोज्नु हाम्रो
मुर्खता हो ! आज फेरी मोदीले नेपालीलाई नाकाबन्धिको राम्रो पाठ सिकाय !
यो नाकाबन्धि नेपालको लागि पहिलो पटक पक्कै होईन ! भारतले पटक-पटक
हरेक क्षेत्रमा नेपाललाई नाकाबन्धि लगायो ! भारतको नाकाबन्धिले गर्दा नेपाली
अर्थतन्त्रमा पर्न सक्ने धक्काको पक्का यकिन अझै हामी सबै नेपाली जनमानसमा छैन !
पेट्रोलियम पदार्थ नाकाबन्धि त केवल एउटा उदाहरण मात्र हो ! भोलिका दिनमा भारतले
सबै क्षेत्रबाट नेपाललाई नाकाबन्धि नलगाउला भन्न पनि सकिन्न ! यसो भनिरहदा नेपाली
भारतको रिमोटमा चल्ने यन्त्र हो भन्ने होईन ! नेपालले भारतप्रतिको निर्भरता
हटाऊनुपर्छ भनेको हो !
हामी नेपाली बिश्वको नजरमा बीर-गोर्खाली भनेर चिनिएतापनि बास्तबमा हामी नेपालीहरुमा, अरुको मुख ताक्ने बानी साह्रै खराब बानी छ ! मोदी प्रधानमन्त्रि हुदा खुसि हुने सबैभन्दा पहिलो नेपालीहरु नै थिए ! नेपालीहरु मोदी प्रधानमन्त्रि भएर नेपाललाई गर्न सक्ने सहयोगप्रति अपेक्षारत थिए ! मोदीको सहयोग पक्कै पनि निस्वार्थ सहयोग थिएन ! मोदीले भाषणमै भनिसके भारतले नेपाललाई दिएको सहयोग नेपालले बिजुली बनाएर तिर्नुपर्छ ! हामीले सहयोग त खुसिसाथ लियौ तर बिजुली आफै बनाएर तिर्न सकेनौ ! तेसैको प्रतिफल आज भारत मै ठुलो भन्ने रवैया देखाऊदै छ ! र लाचार नेपाली नेताहरु भारत बिरोधि अभिबब्ययक्ति दिएर सस्तो लोकप्रियता कमाउदै छन ! बास्तबमा हामी चुक्यौ, स्वाभिमान र आत्मनिर्भर बन्न !

