एती महँगो एती ढुलो अनि एती भयाभह संविधानको सायद कसैले अपेक्षा गरेको
थिएन / संबिधान त नेपालीहरुको साझा साझेदारी पो हो त / यो त भ्रस्त्रचारिको करेसा
बारी पो भयो / जहिले चाहिए तेहिले संविधानको कोषबाट भकारी भरिने गरि लयो / अनि
राष्ट्रिय दुकुटी रित्तो पार्ने भयो / एती महँगो संबिधान चाहिएन मलाई / बरु संविधानको
नारा छोडी देउ, गरिबलाई रोज्गारी देउ, अशिक्षितलिई शिक्षा देउ अनि दुई चारओटा चिल्ला
सडक बनाईदेउ /
मुलुकमा संविधानको नाममा खरबौ खर्ब सकियो रे / अब खर्च नगर /
संविधानलाई बन्द गर / बरु पुर्व पश्चिम राजमार्ग अनि रेलवे बनाईदेउ / संबिधानको
नाममा सुकेको यो देशलाई अबको चालुबर्सको बजेटले रंगिन बनाईदेउ / बढ्दो महगीले
सुकेका नेपाली ओटहरुलाई पेटभरि पुग्ने दाना पानी मिलाई देउ /
तेसपछी कसले प्रश्न गर्न सक्क्ष र “नेताजिउ संबिधान कहिले आउछ?” भनेर
/
आजकाल टेलिभिजनमा समाचार हेर्नपनि दिक्क लाग्छ / उही नेता, उही बाचा र
उही संझौता सुन्दा सुन्दा दिक्क लाग्छ /
“हामी अन्तिम बिसयमा छलफल
गर्दै छौ, आउदो २१ गते सम्म देसले निकास पाउछ”
बार्ता टेबुल छोडेर ढोका बाहिर आउनासाथ नेताको मुखबाट पुक्लुक्क
निस्कन्छ / तेसैले आजकाल नेपाली समाचार सुरुहुना साथ भारतिया समाचार लगाउछु / देसले
निस्कास नापएनी छिमेकिले बिस्कास गरेको देखेर रमाउछु /
देस निकास न त मोदीले दिएको HIT फोर्मुलाले हुन्छ न त कुनै बिदेसी सहयोग
ले नै /
संबिधान के का लागि ? देस निस्कासका लागि कि देश विकासका लागि ? १०
वर्ष अन्तरिम संबिधानले चलेको हाम्रो जस्तो स्यानो मुलुक संबिधान बिना पनि चल्न
सक्छ / भो बरु चाहिदैन संबिधान पेटभरि खान भए पुग्छ, टुक्रा टुक्रा हैन मलाई मेरो
सिंगो देस भए पुग्छ /
संबिधान मुलत देस विभाजनमा अड्किएको छ अरे / देशलाई पनि मासुको चोक्टा
काटे झैँ सानो सानो पिस पार्ने अरे / सबैका भागमा बराबर पार्न / एस्लाई समानुपातिक
प्रणाली भनेर जह्याली पिट्नेहरु पनि छन् / अनि कतिले त हिन्दु राष्ट्र नेपाल भनेर
आफ्नो संबिधान र म्यान्डेटमै लेखिसके / कतिले त परिवार नियोजन नगरेर् ७,८,९ प्रदेस
पनि बनाईसके /
डाक्टर बाबुरामजिउले समयमै बिबेक पुर्याएर कृसिमा लाग्नुभएछ / अब बाकी
सबै नेताजिउहरुले पनि कृसि गर्ने हो भनि हाम्रो देश कृसि मुलक देस नै हुनेथियो /
राजनीतिले त कहाँ पेट भर्छ र ? अचम्म लाग्छ मलाई हाम्रो देशमा एती धेरै नेताहरु
खाली पेटमा छन् भनेर ? गरिब जनता भन्दा गरिब अनि आशाहाय /
आजकाल साथीभाईसंग “संबिधान आयो अरे” भनेर डट्टा गरौ भनेपनि विश्वास
गर्ने छाडीसके /
कुनै समयमा चिया पसलमा संविधानका कुरा गर्ने बुढा पाका र युवा तनेरीहरु
पनि थाकिसके / कति बुढा स्वर्गबासी भईसके, कति युवातन्नेरी बिदेस पलायन भईसके /
बाकी नेपाली युवाहरु ई. डी. भि. छिट्टा भर्न र बिदेस जान तमतयार छन् / समय र
भाग्यले साथ नदिएर मात्र हो /
tमेरो अनुरोध छ ढुला भनौदा नेताजिउहरुलाई /
बार्ता बैठक सबै गरि विवादका कुराहरु
राज्य पुनर्संरचना देखि विभाजनका कुराहरु
लेख तिमि नया नेपाल सम्भिदंका कुराहरु
लेख तिमि नया नेपाल सम्भिदंका कुराहरु ...
मनमुटाब र विमतिका कुराहरु भएपनि
हातेमालो गर तिमि पार्टी भित्र बाहिरपनि
लेख तिमि नया नेपाल सम्भिदंलाई भएपनि
लेख तिमि नया नेपाल सम्भिदंलाई भएपनि
सक्छौ संबिधान २ महिना भित्रै पारित गरिदेउ / सक्दैनौ भने संबिधानको नाममा
हुने बिकृति, बिसंगितबाट देसलाई मुक्त बनाईदेउ / संविधानको च्याप्टर(chapter) नै क्लोज(close) गराईदेउ /