मेडिकल पढाईमा हस्पिटल पोस्टिंग अनि हिस्टरी टेकिंग (history
taking) कुनै
नौलो कुरा होईन / हरेक दिन एउटा वार्डमा पोस्टिंग हुन्छ अनि हरेक दिन एउटा
प्यासेन्ट हिस्ट्री टेकिंग गर्नु दैनिक रुटिन हो मेडिकल विद्याथीको / अच्चम्म
अच्चम्मको रोग अनि छुटै सोच अनि विचार भएका बिरामीसंग डिल गर्नु मेडिकल सिक्षाको
सबैभन्दा जटिल अनि संबेदनसिल काम हो /
सुक्रबार एक दिन दिउसो १२ बजे मेडिसिन वार्डमा पोस्टिंग थियो / सधै
झैँ “हाउ टु टेक हिस्ट्री“ भनेर पढाएपछि हामीलाई एउटा प्यासेन्ट हिस्ट्री लिन
डाक्टर किरणले पठाउनु भयो / प्यासेन्टको नाम हरिकला गर्ती मगर थियो / (नाममा के नै
छ र, उक्त सबै नाम बनावटी हो) / ६८ वर्ष उमेर भएकी हरिकला गर्ती मगर, लेखनाथ
नगरपालिकामा बसोबास गर्ने, घरको चुलो समाउने र एक कम आएस्रोत भएको घरमा सबंदित
हुनुहुनथियो /
हरिकला गर्ती मगरलाई बरर्जस डीजीज (Buerger’s disease) लागेको रहेछ / दाहिने
हातको बिचको औलाको टुप्पो मरेर कालो रंगको भईसकेको रहेछ / हामीले हिस्ट्री लिन
अनुमति मागिसकेपछि सोधेका थियौ ; चुरोट खानुहुन्छ भनेर / उहा अलि नबुझे जस्तो
गर्नु भयो / अलिपछि सानो सोरमा भनुभयो ; घरमा एकलै हुँदा खान्छु भनेर / कुरा पक्का
थियो / बरर्जर्स डीजीज हो बनेर / हामीले उहालाई अनुरोध गर्यौ ; चुरोट कम गर्नुस
भनेर / तर उहा मान्न तयार हुनहुन्नथियो ; चुरोटका कारणले एस्तो भहेको भनेर / उहाको
छुटै कथा थियो / कथा बनावटि थियो कि उहाको सोंच बेग्लै थियो / हामीले बुझनै सकेनौ
/
उहाले भन्नुभयो ; बिर्को हराएको जर्किन को बारेमा / उहाको घरमा एउटा
जर्किन रहेछ अनि जर्किनभरि मटीतेल / तर केहि दिनदेखि त्यो जर्किनको बिर्को हराएको
रहेछ / सधै जसो उहाले खाना बनाउन र आगो बाल्न खोज्दा जर्किनभरिको माटीतेल पोखिएर
हातभरि खस्यो र आगोले समात्यो / आगोले समातेर हात जलेको हो भनेर उहाले जोड दिदै
हुनुहुनथ्यो हामीलाई / हामीले उहालाई फेरी सम्झायौ / चुरोटले गर्दा येसो भएको हो
भनेर / चुरोट कम गर्नुस भनेर / उहाले फेरी जोड दिनुभयो आफ्नो कथामाथि ; बिर्को
हराएको जर्किनमाथि / उहा बिस्वस्त हुनुहुन्थ्यो आफ्नो कथामाथि /
यो रोगमा औलाका टुप्पाका नसाहरु चुरोटले गर्दा, बन्ध भएर रक्त संचालन
नहुने गर्दछ / अनि औलाहरु मरेर जान्छ / औला काटेर फाल्नु एक मात्र निधान हो / हामी
बिस्वस्त थियो / उहालाई फेरी सम्झायौ / चुरोट कम गर्नुस भनेर / तर हामी असकछ्यम
भयौ उहाको कथामाथि ; बिर्को हराएको जर्किनमाथि /

No comments:
Post a Comment