Tuesday, 20 January 2015

भविष्यका डाक्टरहरुलाई कोमामा धकेल्दै, त्रि.बि. र सरकार (Furture doctors in Coma)

मेडिकल पेशा, खासगरि डाक्टरी पेशालाई कतिले आर्थिक रुपमा ससक्त बन्ने माथ्यमको रुपमा हेर्छन् होला तर बिस्वमा डाक्टरी पेशा मात्रै गरेर करोडौ आम्दानी गर्ने कोहि पनि छैनन् / धनी डाक्टरहरु डाक्टरी पेशा गरेर धनी भएका होईनन्. ति सबै डाक्टरहरु सेवा छोडेर ब्यापारमा लागेका ब्यापारीहरु हुन्, राजनीतिमा लागेर मोटाएका राजनैतिक दलालहरु हुन् / एथार्थमा डाक्टरि पेशा सेवा गर्ने पेशा हो / थोरैले मात्र सेवा गर्ने विचार र मनसाय बोकेर ए.बि.बि.ए.स. पढन आएका हुन्छन् / भविष्यको सुनौलो मार्ग चित्रण गर्न, हरेक बर्ष कयौले ए.बि.बि.ए.स. सिक्ष्याको लागि लाखौ खर्च गर्छन्, उचित प्रतिफल पाउनका निमित्त / तर बिगतमा जस्तो अहिलेको डाक्टरी पेशा, सेवा र उपचारमा मात्रमा सिमित छैन / यससंग थुप्रै यावत कुराहरु जोडिएर आयो, आर्थिक होस् या राजनतिक परिपार्टीले भविष्यका मेडीसिन पढने बिद्यार्थी, खास गरि ए.म.बि.बि.स. पढने बिद्यार्थीको भविष्य धरापमा पार्दै छन् / भविष्यका डाक्टरलाई कोमामा धकेल्दै छ /

आजको मितिमा हेर्ने हो भने एउटा ए.बि.बि.ए.स. पढने बिद्यार्थीले डोनेसनको लागि मात्र भनेर ५५ लाख खर्च गर्छ / तेस्मा यानुवल फि, होस्टेल फि, र पाचै बर्षको ब्याच जोड्ने हो भने पुरा डाक्टर बन्न एउटा बिद्यार्थीलाई सरधर १ करोरको खर्च हुन जान्छ / (तेसपछि बिसेसग्यता हासिल गर्ने खर्चको त कुरै नगरौ) / यसरी डोनेसनमा पढेका डाक्टरले लगानी मात्र उठाउन कम्तीमा १० बर्षको समयावदी लाग्छ / बढ्दो आर्थिक खर्च र एम.बि.बि.ए.स. पढाईको प्रेसरले गर्दा रुस्ट भएर कति बिद्यार्थीहरु डीप्रेसनको सिकार हुन्छन / तर्सर्थ हाम्रो देशको सरकार र त्रि.बि.ले स्वस्थ डाक्टर उद्पादन होईन बिरामी डाक्टर उद्पादन गर्दै छ / र येसरी डिप्रेसनका सिकार भएका भविष्यका डाक्टरहरुले स्वस्थ समाजको परिकल्पना गर्नु मुखारता हो /


"धनी डाक्टरहरु डाक्टरी पेशा गरेर धनी भएका होईनन्. ति सबै डाक्टरहरु सेवा छोडेर ब्यापारमा लागेका ब्यापारीहरु हुन्, राजनीतिमा लागेर मोटाएका राजनैतिक दलालहरु हुन् /" 

"आजका कुनै पनि मेडिकल कलेजहरु त्रि.बि. र के.यूबाट सम्बन्धन प्राप्त कलेजहरु होईनन् ई त कांग्रेसएमाले र माओवादी पार्टीबाट सम्बन्धन प्राप्त कलेजहरु हुन् /"


अर्कोतर्फ त्रि.बि.को परिक्ष्या प्रणाली प्रति रुस्ट नहुने मेडिकल बिद्यार्थीहरु सायद कमै होलान् / त्रि.बि.को परिक्ष्या प्रणाली र पूर्णान्क हेर्ने हो भने अचम्मको लाग्न सक्छ / गोला प्रथा बाट डाक्टरको छनोट गर्छ, त्रि,बि.ले / पहिलो, दोर्श्रो बर्षको पुरा पूर्णान्क २० अंकको मात्र हुन्छ / र ४ ओटा प्रश्नको उत्तर दिनुपर्ने हुन्छ / सुन्दा सजिलो लाग्न सक्छ कतिलाई / तर अचम्म लाग्दो छ त्रि.बि.को परिक्ष्या प्रणाली / एउटा प्रश्न बाहेक सबै पढने बिद्यार्थीको अनुतिर्ण हुने सम्भावना प्रवल हुन्छ, र कसैले भाग्यवस ४ ओटा प्रश्न मात्र पढेको छ भने पनि उ सफल हुन सक्छ / तेसैले यस्तो परिक्ष्या प्रणालीलाई गोला प्रथाको परिक्ष्या प्रणाली भन्दा पनि फरक पर्दैन /

अर्को तर्फ स्वास्थ्यमा राजनैतिक हस्तछेप र राजनैतीकरणले पनि आजका बिद्यार्थी डाक्टर अर्थात् भविष्यका डाक्टरहरु लाई डीप्रेसनमा मात्र होईन कोमामा धकेल्दै छ / यसको जिम्मेवार पक्ष भनेको राजनैतिक दल र त्रि.बि.मा मौलाउदै गएको पार्टीगत स्वार्थ हो / आजका कुनै पनि मेडिकल कलेजहरु त्रि.बि. के.यू. बाट सम्बन्धन प्राप्त कलेजहरु होईनन् ई त कांग्रेस, एमाले र माओवादी पार्टीबाट सम्बन्धन प्राप्त कलेजहरु हुन् / हरेक मेडिकल कलेजले सम्बन्धन प्राप्त गरे बापत पार्टीलाई हरेक चुनाबमा ५ करोरको चन्दा दिने गर्छन् / येही आर्थिक प्रलोलोभनमा परेर आज त्रि.बि. भित्र पनि राजनैतिक दौड चलेको छ, धेरै भन्दा धेरै मेडिकल कलेजलाई सम्बन्धन दिने / चाहे बिस्तारको नाम दिएर होस् या विकासको नाम दिएर होस् स्वास्थ्यमा आजभोलि राजनैतिक खेती गर्नेहरुको बोलबाला छ / मेडिसिनमा राजनीतिको झुठो खेती गर्नेहरुको बर्चस्वो छ / यसले भविष्यमा डाक्टर पेशा बाट रोजगारि पाउन अफठ्यारो हुने कुरामा कुनै दुई मत छैन / यसरि लाखौको लगानी गरेका अभिबकहरुलाई ह्य्रिदयघात हुन सक्छ र साढे पाच वर्ष किताबलाई रसझैँ पिएर अथक मेहिनत गरेका भविष्यका डाक्टरहरु कोमामा जान सक्छन /

आजभोलि महाराजगन्ज मेडिकल कलेजबाट दिनहु राजनीतिको गहिरो दुर्गन्ध महामारीको रुपमा फैलीरहेको छ, देश ब्यापी रुपमा / र यो महामारीलाई रोक्न डाक्टर के.सि.ले गरेको अथक प्रयास सर्हानिय भयतापनि अझैपनि स्वास्थ्यमा राजनीतिको झुठो खेती गर्ने जमिनदारहरुकै बोलबाला छ / र यसले बिद्यार्थी डाक्टरहरुलाई अर्थात् भविष्यका डाक्टरहरुलाई डिप्रेसन मात्र नभएर कोमामा लैजाने निश्चय छ /