मन, मुटु र मस्तिस्क ? यी तीन भिन्न भिन्नै शब्दहरु हुन । तर यी तीनै शब्दहरूको हाम्रो शरीरसंग अन्योन्यश्रित सम्बन्ध रहेको हुन्छ । मतिस्कलाई अघि राखौँ भने मुटु रिसाऊछ कि भन्ने डर । मुटुलाई अघि राखौ भने मस्तिक बिना बाँच्न असम्भब छ । तर मुटु बिना अथवा मुटु रोकियो भने मस्तिक केही मिनेट मात्र बाँच्ला । मुटु शरीरको बीचमा हुने भएकाले पनि मन, मुटु र मस्तिक भन्दा असल र तार्किक वाक्यम्सः मन हो भन्ने बुझिन र सुनिन आऊछ ।
मन अदृश्य छ । तर मनले मस्तिकलाई सबै थोक सिकाऊछ
। मस्तिक सबैभन्दा ठुलो बन्न खोज्छ । सबै भन्दा माथी बसन खोज्छ । केही मनले भनेका
कुरा गर्छ । केही गर्दैन र गर्ने मानदैन पनि । केही आफू भित्र भएका कुरा केलाउछ, अनि शरीरलाई आदेश दिने गर्छ । मस्तिकले भनेका सबै कुरा
शरीरले मान्नै पर्छ र मान्छ पनि । मस्तिकले मुटुको गति पनि निर्धारण गर्छ ।
सामान्य अवस्थामा मुटुको गति 70 आसपास हुन्छ । जब मन आतिन्छ, डराऊछ अनि मस्तिकले मनलाई
सम्हाल्न सकेन भने मुटुको गति 100 माथी पुग्छ । मुटु काप्न थाल्छ । सास फेर्न गार्हो भएको
जस्तो महसुस हुन्छ । हामी कोठाभित्र बाहिर निस्केर सम्हालिन खोज्दा पनि सहज नभएर
अस्पताल पुगछौ । "हार्ट अटेक" भएको जस्तो भान भएर, झन् मन शसंकित हुन्छ । वास्तबमा मन अतालिएको यस्तो
अवस्थालाई हामीले मेडिकल भाषामा ‘’एंगजाईटी’’ भन्छौ । यसप्रकारका मनोरोगहरु बिश्वमा ९० प्रतिशतमा हुन्छ
। तर हामी मनोरोगलाई मानसिक रुपमा बिरामी भएको वा असज हुदै गएको सझ्दैनौ ।
हामीमध्ये अधिकाँश म राम्रै छु भनेर बस्दछौ ।
मस्तिस्कले कलेजो, फोक्सो, पैंक्रियाज,
मिर्गौला सबै
अंगहरूलाई चलाऊँछ । मस्तिकले जे भन्यों । हामीले मनले त्यही गर्छ । मस्तिकले
रोजेको खाने कुरा हामी ख़ान्छौ । मतिस्कले चिल्लो कुरा ख़ान खोजछ अथवा मस्तिकले
मादक पदार्थ रुचाऊँछ भने पनी हामी खान्छौ । हामीले खाएको चिल्लो अन्तत कलेजोमा जान्छ, अनि कलेजोले पचाउन सकेन भने वा भनौ हामीले खाएको मादक
पदार्थ मिर्गौलाले सफ़ा गर्न सकेन भने मुटुमा असर पर्छ । मुटु थाक्छ अथवा मुटु फेल
हुन्छ । मन र मस्तिकका सबै गलुतीले अन्तत मुटुलाई असर गर्छ । कलेजो, मिर्गौला र अरु
कुनै अंगले काम नगरेपनि मुटुलाई नै असर पर्छ । मुटु फेल हुन्छ । अनि हामी मन,
मस्तिक,
कलेजो, मिर्गौला सबैको
दोष मुटुलाई दिन्छौ । हामीले जती गाली गरे पनि, जति दोष दिएपनि उ अर्थात
मुटु चलिरहछ । जीवनको अन्तिम समयसम्म उ चलिरहन्छ
। किनकी उसलाई थाहा छ -“उ रोकिएपछि शरीरको सबैअंग एकपछि अर्को गर्दै रोकिन्छन ।”
शरीर बिस्तारै मरेर जान्छ । अनि हामी मृत्युको
कारण फेरि त्यही मुटुलाई नै दिन्छौ । डॉक्टरले मृत्युको कारण पनि त्यही मुटुलाई दिदै
"कज़ अफ़ डेथ इज कार्डियो पुल्मोनरी एरेस्ट" अर्थात मुटु र फोक्सो
रोकिएर भएको मृत्यु भनेर रिपोर्ट दिन्छन ।“ मनले सोचेका ग़लत बिचारहरू, रिस अनि द्वेशहरू
मस्तिकले रोक्न सकेन भने मानब जाती अमानव बन्न पुग्छ । भ्रष्ट बिचार, लोभ अनि इर्ष्या
सबैको कारक मन अनि मस्तिक नै हो ।
हामी मानसिक स्वाथ्यलाई ख़ासै जोड़ दिदैनौ ।
मानसिक स्वाथ्य ठीक भएको ब्यक्तिहरूको मस्तिक अनि मुटु ठीक तरीकाले संचालन गरेको हुन्छ
। अथवा भनौ मन सफ़ाभएका ब्यक्तिको मस्तिक अनि मुटु पनि सफ़ा हुन्छ । प्रेममा मिलन
होस या बिछोड़ होस । सबैमा मस्तिक कै भुमिका हून्छ । मुटु निर्दोष छ । तर हामी सधै
मुटुलाई दोष दिन्छौ । प्रेममा बिछोड़ हुँदा मुटुलाई बीचमा काटेर 💔 संकेत गर्छौ । प्रेममा मिलन हुदा या आफ़नो प्रेमीलाई माया प्रकट गर्दा ❤️ मुटुको चित्र पठाऊँछौ ।
मस्तिक शरीरको माथिल्लो भागमा हाड्डीको
बाकस भीत्र (अंग्रेज़ीमा -स्कल भीत्र) सुरक्षित बसेको हुन्छ । मन र मस्तिकको सबै
गल्तीको दोष मुटुले पाएको हेरेर मस्तिस्क रमाऊँछ । बेला बेला मस्तिकले पनि बिर्सने
गर्छ कि मुटु बिनाको मस्तिस्क केहि छिनको लागी मात्र जीवित हो । त्यसपछि उसले फेरि
मनलाई समझाऊँछ । सम्हाल्न खोज्छ । अन्ततः मन मुटु र मस्तिक मिलेर बस्न खोज्छन । यी
तीन भाग एक अर्कासंग मिलेर बसेनन भने मानब शरीरको अंत्य निश्चित हुन्छ । यीनिहरुका
बिचको मेल जति राम्रो हुन्छ मान्छेको आयु त्यति बढी हुने र जति नराम्रो हुन्छ
त्यति नै मानिसको आयु कम हुने हुन्छ।
कुनै मानिसको अचानक मृत्यु यीनीहरुका बिचको मन
मष्तिस्क र मुटुका भिषण युद्दको परिणाम हो भन्ने बुझेर यीनीहरुका बिचमा अति मेल
राख्ने आहार बिहार र दैनिक ब्यवहार गर्नु सबैका लागि र सधैका लागि फलदायी आयाम
हुनेछ ।
शरीरमा चिल्लोको मात्रा बढ़ोस वा सुगर, प्रेशर सबैको
असर मुटुमा गएर देखिने हो । तर हामी सुगर, प्रेसरलाई रोग नै मान्दैनौ । बेवास्ता गर्दछौ ।
जबसम्म सुगर प्रेसरले मुटुलाई आघात पूरयाउदैन । तबसम्म हामी अस्पताल आएर जाँच गराउने
काम गर्दैनौ । मुटुमा आघात परेको भन्ने महसुस नहुदासम्म सुगर प्रेसरलाई सामान्य
रूपमा लिनेहरुको सँख्या धेरै हुन्छ । मुटुलाई बिस्तारै तर गंभिर असर गर्ने मुख्य
भित्री रोगहरुमा सुगर एक प्रमुख हो भने सुगर र अन्य विविध कारणले लाग्ने अर्को
प्रेसर रोग नै हो ।
मुटु आफै बिग्रदैन । मुटुलाई बिगार्ने हामी मानिस आ आफैले हो । त्यसैले मुटु बिग्रियो भने दोष मुटुलाई दिने होईन । आफ्नै मन, बिबेक, मस्तिस्क, चाहना, ईर्षा अनि आफ्नै रिषलाई दिने हो । मुटु आफैमा सदा निर्दोष अँङ्ग हो । मुटु एक्लै मृत्युको दोषी कहिले हुन सक्दैन । मुटु जोगाउन सरल मन चाहिन्छ र असल मष्तिष्क चाहिन्छ । केही साहसिक काम गर्न वा ठुलो सफलता हासिल गर्न मुटु दरिलो हुनुपर्छ भन्छौ तर खासमा दरिलो हुनुपर्ने भनेको मन र मष्तिष्क नै हो । मुटु त मन र मष्तिष्कको आदेश पालक मात्र हो । त्यसैले नबिर्सौ सफामन र असल बिचारसहितको स्वस्थ्य र सबल मुटुले मात्र मानिसलाई दीर्घायू बनाउन सक्दछ । मन मुटु र मष्तिस्कको बारमा यति चर्ता पढी सकेपछि आफूलाई दीर्घायू बनाउने उपाय पनि आ-आफ्नै हातमा छ र आ आफ्नै आहार, बिहार र ब्यवहारमा छ भनेर हरेक मानिसले बुझ्नु स्वभाविकै हो । नबिर्सौ, जीवन भनेको मन मुटु र मष्तिस्कको समग्रतामा स्वस्थता र स्वच्छता एवं सवलताको पर्याय हो ।
