Saturday, 16 August 2025

मन, मुटु र मस्तिस्क





मन, मुटु र मस्तिस्क ? यी तीन भिन्न भिन्नै शब्दहरु हुन । तर यी तीनै शब्दहरूको हाम्रो शरीरसंग अन्योन्यश्रित सम्बन्ध रहेको हुन्छ । मतिस्कलाई अघि राखौँ भने मुटु रिसाऊछ कि भन्ने डर । मुटुलाई अघि राखौ भने मस्तिक बिना बाँच्न असम्भब छ । तर मुटु बिना अथवा मुटु रोकियो भने मस्तिक केही मिनेट मात्र बाँच्ला । मुटु शरीरको बीचमा हुने भएकाले पनि मन, मुटु र मस्तिक भन्दा असल र तार्किक वाक्यम्सः मन हो भन्ने बुझिन र सुनिन आऊछ ।

मन अदृश्य छ । तर मनले मस्तिकलाई सबै थोक सिकाऊछ । मस्तिक सबैभन्दा ठुलो बन्न खोज्छ । सबै भन्दा माथी बसन खोज्छ । केही मनले भनेका कुरा गर्छ । केही गर्दैन र गर्ने मानदैन पनि । केही आफू भित्र भएका कुरा केलाउछ, अनि शरीरलाई आदेश दिने गर्छ । मस्तिकले भनेका सबै कुरा शरीरले मान्नै पर्छ र मान्छ पनि । मस्तिकले मुटुको गति पनि निर्धारण गर्छ । सामान्य अवस्थामा मुटुको गति 70 आसपास हुन्छ । जब मन आतिन्छ, डराऊछ अनि मस्तिकले मनलाई सम्हाल्न सकेन भने मुटुको गति 100 माथी पुग्छ । मुटु काप्न थाल्छ । सास फेर्न गार्हो भएको जस्तो महसुस हुन्छ ।  हामी कोठाभित्र बाहिर निस्केर सम्हालिन खोज्दा पनि सहज नभएर अस्पताल पुगछौ । "हार्ट अटेक" भएको जस्तो भान भएर, झन् मन शसंकित हुन्छ । वास्तबमा मन अतालिएको यस्तो अवस्थालाई हामीले मेडिकल भाषामा ‘’एंगजाईटी’’ भन्छौ । यसप्रकारका मनोरोगहरु बिश्वमा ९० प्रतिशतमा हुन्छ । तर हामी मनोरोगलाई मानसिक रुपमा बिरामी भएको वा असज हुदै गएको सझ्दैनौ । हामीमध्ये अधिकाँश म राम्रै छु भनेर बस्दछौ ।      

मस्तिस्कले कलेजो, फोक्सो, पैंक्रियाज, मिर्गौला सबै अंगहरूलाई चलाऊँछ । मस्तिकले जे भन्यों । हामीले मनले त्यही गर्छ । मस्तिकले रोजेको खाने कुरा हामी ख़ान्छौ । मतिस्कले चिल्लो कुरा ख़ान खोजछ अथवा मस्तिकले मादक पदार्थ रुचाऊँछ भने पनी हामी खान्छौ । हामीले खाएको चिल्लो अन्तत कलेजोमा जान्छ, अनि कलेजोले पचाउन सकेन भने वा भनौ हामीले खाएको मादक पदार्थ मिर्गौलाले सफ़ा गर्न सकेन भने मुटुमा असर पर्छ । मुटु थाक्छ अथवा मुटु फेल हुन्छ । मन र मस्तिकका सबै गलुतीले अन्तत मुटुलाई असर गर्छ । कलेजो, मिर्गौला र अरु कुनै अंगले काम नगरेपनि मुटुलाई नै असर पर्छ । मुटु फेल हुन्छ । अनि हामी मन, मस्तिक, कलेजो, मिर्गौला सबैको दोष मुटुलाई दिन्छौ । हामीले जती गाली गरे पनि, जति दोष दिएपनि उ अर्थात मुटु  चलिरहछ । जीवनको अन्तिम समयसम्म उ चलिरहन्छ । किनकी उसलाई थाहा छ -“उ रोकिएपछि शरीरको सबैअंग एकपछि अर्को गर्दै रोकिन्छन ।”

शरीर बिस्तारै मरेर जान्छ । अनि हामी मृत्युको कारण फेरि त्यही मुटुलाई नै दिन्छौ । डॉक्टरले मृत्युको कारण पनि त्यही मुटुलाई दिदै "कज़ अफ़ डेथ इज कार्डियो पुल्मोनरी एरेस्ट" अर्थात मुटु र फोक्सो रोकिएर भएको मृत्यु भनेर रिपोर्ट दिन्छन ।“ मनले सोचेका ग़लत बिचारहरू, रिस अनि द्वेशहरू मस्तिकले रोक्न सकेन भने मानब जाती अमानव बन्न पुग्छ । भ्रष्ट बिचार, लोभ अनि इर्ष्या सबैको कारक मन अनि मस्तिक नै हो ।

हामी मानसिक स्वाथ्यलाई ख़ासै जोड़ दिदैनौ । मानसिक स्वाथ्य ठीक भएको ब्यक्तिहरूको मस्तिक अनि मुटु ठीक तरीकाले संचालन गरेको हुन्छ । अथवा भनौ मन सफ़ाभएका ब्यक्तिको मस्तिक अनि मुटु पनि सफ़ा हुन्छ । प्रेममा मिलन होस या बिछोड़ होस । सबैमा मस्तिक कै भुमिका हून्छ । मुटु निर्दोष छ । तर हामी सधै मुटुलाई दोष दिन्छौ । प्रेममा बिछोड़ हुँदा मुटुलाई बीचमा काटेर 💔 संकेत गर्छौ प्रेममा मिलन दा या आफ़नो प्रेमीलाई माया प्रकट गर्दा ❤️ मुटुको चित्र पठाऊँछौ

मस्तिक शरीरको माथिल्लो ागमा हाड्डीको बाकस भीत्र (अंग्रेज़ीमा -स्कल भीत्र) सुरक्षित बसेको हुन्छ । मन र मस्तिकको सबै गल्तीको दोष मुटुले पाएको हेरेर मस्तिस्क रमाऊँछ । बेला बेला मस्तिकले पनि बिर्सने गर्छ कि मुटु बिनाको मस्तिस्क केहि छिनको लागी मात्र जीवित हो । त्यसपछि उसले फेरि मनलाई समझाऊँछ । सम्हाल्न खोज्छ । अन्ततः मन मुटु र मस्तिक मिलेर बस्न खोज्छन । यी तीन भाग एक अर्कासंग मिलेर बसेनन भने मानब शरीरको अंत्य निश्चित हुन्छ । यीनिहरुका बिचको मेल जति राम्रो हुन्छ मान्छेको आयु त्यति बढी हुने र जति नराम्रो हुन्छ त्यति नै मानिसको आयु कम हुने हुन्छ।

कुनै मानिसको अचानक मृत्यु यीनीहरुका बिचको मन मष्तिस्क र मुटुका भिषण युद्दको परिणाम हो भन्ने बुझेर यीनीहरुका बिचमा अति मेल राख्ने आहार बिहार र दैनिक ब्यवहार गर्नु सबैका लागि र सधैका लागि फलदायी आयाम हुनेछ ।

शरीरमा चिल्लोको मात्रा बढ़ोस वा सुगर, प्रेशर सबैको असर मुटुमा गएर देखिने हो । तर हामी सुगर, प्रेसरलाई रोग नै मान्दैनौ । बेवास्ता गर्दछौ । जबसम्म सुगर प्रेसरले मुटुलाई आघात पूरयाउदैन । तबसम्म हामी अस्पताल आएर जाँच गराउने काम गर्दैनौ । मुटुमा आघात परेको भन्ने महसुस नहुदासम्म सुगर प्रेसरलाई सामान्य रूपमा लिनेहरुको सँख्या धेरै हुन्छ । मुटुलाई बिस्तारै तर गंभिर असर गर्ने मुख्य भित्री रोगहरुमा सुगर एक प्रमुख हो भने सुगर र अन्य विविध कारणले लाग्ने अर्को प्रेसर रोग नै हो ।

मुटु आफै बिग्रदैन । मुटुलाई बिगार्ने हामी मानिस आ आफैले हो । त्यसैले मुटु बिग्रियो भने दोष मुटुलाई दिने होईन । आफ्नै मन, बिबेक, मस्तिस्क, चाहना, ईर्षा अनि आफ्नै रिषलाई दिने हो । मुटु आफैमा सदा निर्दोष अँङ्ग हो । मुटु एक्लै मृत्युको दोषी कहिले हुन सक्दैन । मुटु जोगाउन सरल मन चाहिन्छ र असल मष्तिष्क चाहिन्छ । केही साहसिक काम गर्न वा ठुलो सफलता हासिल गर्न मुटु दरिलो हुनुपर्छ भन्छौ तर खासमा दरिलो हुनुपर्ने भनेको मन र मष्तिष्क नै हो । मुटु त मन र मष्तिष्कको आदेश पालक मात्र हो । त्यसैले नबिर्सौ सफामन र असल बिचारसहितको स्वस्थ्य र सबल मुटुले मात्र मानिसलाई दीर्घायू बनाउन सक्दछ । मन मुटु र मष्तिस्कको बारमा यति चर्ता पढी सकेपछि आफूलाई दीर्घायू बनाउने उपाय पनि आ-आफ्नै हातमा छ र आ आफ्नै आहार, बिहार र ब्यवहारमा छ भनेर हरेक मानिसले बुझ्नु स्वभाविकै हो । नबिर्सौ, जीवन भनेको मन मुटु र मष्तिस्कको समग्रतामा स्वस्थता र स्वच्छता एवं सवलताको पर्याय हो ।

 

 



Monday, 14 July 2025

बिरामी देश, कंगारू 🦘 कोर्ट, मिडिया ट्रायल र नेपाली स्वास्थ्यकर्मी

 बिरामी देश अर्थात् अङ्ग्रेजीमा 'सिक नेशन' भन्नाले आर्थिक, सामाजिक, राजनीतिक, न्यायिक एवं स्वास्थ्य अनि शिक्षा लगायत सम्पूर्ण क्षेत्रको अस्वस्थ अवस्थालाई जनाउँछ। आज हाम्रो देशलाई बिरामी देश अथवा 'सिक नेशन'को उपनाम दिनु उपयुक्त नै ठहरिन्छ।

देशको अर्थतन्त्र भ्रष्टाचारले ध्वस्त भएको सर्वविदितै छ। समाजमा नैतिकता र नैतिकता बोकेका व्यक्तिहरूको खडेरी परेको छ। देशमा असल राजनीतिको सट्टा खराब राजनीति हावी भएको स्पष्ट देखिन्छ। लाज हुनेलाई लाजनीति, लाज नहुनेलाई राजनीति कमाइ खाने भाँडो भएको छ। न्याय क्षेत्रमा खराब राजनीतिको छायाँ स्पष्ट देखिन्छ। इमान, इज्जत र असल नियतको अभाव सबै पेशामा देखिन्छ।


खराब राजनीतिको असर व्यवस्थापिका, कार्यपालिका हुँदै अहिले न्यायपालिका, शिक्षा र स्वास्थ्य क्षेत्रमा स्पष्ट देखिन्छ। अहिलेको अवस्थामा एक सामान्य जनताले न कुनै राजनीतिज्ञको भनाइमा विश्वास गर्न सक्छ, न कुनै न्यायाधीशको फैसलामा चित्त बुझाउन सक्छ, न त कुनै डाक्टरको सल्लाहमा भरोसा गर्न सक्छ।


आज देशमा वकिल, डाक्टर, इन्जिनियर बनेर बिशुद्ध पेशामा समर्पित जमातको खडेरी छ। आफ्नो पेशामा रमाउने व्यक्तिहरूलाई देशको बेवस्था नै बाधक बनेको अवस्था सिर्जना भएको छ। त्यसैले आज देशमा दुई प्रकारका युवा जमात भेटिन्छन्,    १.देशको अवस्थाबाट दिक्क भई विदेश जान चाहने वा देश छोडिसकेका, २. आफ्नो पेशा त्यागेर मुलधारको राजनीतिमा लाग्न खोज्ने।


आफ्नो देशमै बसेर पेशा गर्ने डाक्टर, नर्स, इन्जिनियर, शिक्षक आदिको संख्या घट्दो छ। देशका सम्पूर्ण क्षेत्र एकपछि अर्को गर्दै धराशायी हुँदै गएका छन्। यसकारण यो अवस्थालाई ‘बिरामी देश’ वा 'सिक नेशन' भन्दा फरक पर्दैन।

न्यायपालिका र अन्यायपूर्ण फैसलाहरू

न्यायाधीशको कर्तव्य पीडित पक्षलाई न्याय दिनु र पीडकलाई दण्डित गर्नु हो। तर न्यायाधीशहरू राजनीतिक नियुक्तिका आधारमा चयन हुन थालेपछि, एउटै मुद्दामा फरकफरक फैसलाहरू आउनु स्वाभाविक भइसकेको छ।

अब त वकिल, शिक्षक मात्र होइन, डाक्टर पनि राजनीतिक पार्टीको झण्डा बोकेका छन्। जिल्ला अदालतको फैसला पुनरावेदनमा बदर हुन्छ, सर्वोच्चमा फेरि सदर/बदर हुन्छ। कुन न्यायाधीशको इजलासमा मुद्दा परेको छ भन्ने आधारमा वकिलले फैसलाको अनुमान गर्न सक्ने अवस्था बनेको छ।
पार्टीले मनपर्ने पात्रलाई सर्वोच्च अदालतसम्म पुर्‍याउने नियुक्ति चलन, लोकसेवाबाट आएका इमानदार न्यायाधीश जिल्ला अदालतमै सीमित हुने अवस्थाले आम नागरिकमा न्यायप्रति विश्वास घटेको छ।

अफताब आलमको मुद्दा होस् वा उपभोक्ता अदालतद्वारा डाक्टरलाई दोषी ठहर गरेको फैसला- दुबै केसमा न्यायाधीशको अल्पज्ञान वा राजनीतिक/प्रभावशाली हस्तक्षेप देखिन्छ। नेपाल मेडिकल काउन्सिलको विज्ञ निर्णय विपरीत फैसला गर्ने न्यायाधीशले, न त स्वास्थ्यविज्ञान बुझेका छन्, न विज्ञ समितिको सल्लाह लिएका छन्।

आफैँ धामी, आफैँ झारफुक गर्ने जस्तो - आफैँ न्यायाधीश, आफैँ स्वास्थ्य विज्ञ बन्ने प्रवृत्तिले ‘न्यायालय’ अब ‘अन्यायालय’ बन्न पुगेको छ। यसरी हुने फैसलाले ‘कंगारुरु कोर्ट’को संज्ञा दिनु अनुचित होइन। न्यायालयमा मुद्दा दर्ता हुनुअगावै सामाजिक सञ्जालमा फैसला भइसकेको हुन्छ। बिरामीको मृत्यु हुना साथ आफन्त वा भिड अस्पतालमै फैसला सुनाउँछ- 'यो डाक्टर त हत्यारा हो। यसलाई मार्नुपर्छ।'

स्वास्थ्यकर्मीप्रतिको व्यवहार र उपभोक्ता अदालतको हस्तक्षेप

यो भन्न खोजिएको होइन कि सबै डाक्टर निर्दोष छन्। तर दिनानुदिन न्याय मर्दा साँचो पीडित ओझेलमा पर्ने खतरा छ। अदालत र अस्पताल आज पहुँचवालाका लागि मात्र खुलेका छन्। धनी बिरामीले छूटसहित निजी अस्पतालमा उपचार पाउँछन्, स्वास्थ्य बीमाको सुविधा पनि। गरीब बिरामी न स्वास्थ्य बीमामा आबद्ध छन्, न निजी अस्पताल जान सक्ने हैसियतमा।

उनीहरूले महिनौं सरकारी अस्पतालको लाइनमा बस्नुपर्छ। सरकारी अस्पतालमा एक डाक्टरले दैनिक २००–३०० बिरामी हेर्नुपर्ने अवस्था छ।
यस्तो बाध्यात्मक स्थितिमा सरकारी अस्पतालका डाक्टरलाई उपभोक्ता अदालतमा मुद्दा हाल्नु कत्तिको न्यायोचित हुन्छ?

स्वास्थ्य क्षेत्र सेवा मूलक हो भनेर कुरा गर्ने, अर्कोतिर स्वास्थ्यकर्मीलाई उपभोक्ता अदालतमा तानेर जरीवाना गर्ने- यसले स्वास्थ्य क्षेत्र झनै महँगो बनाउने निश्चित छ। र यसको भार अन्ततः गरीब बिरामीले नै बोक्नुपर्ने हुन्छ।

जनता, सञ्चार र स्वास्थ्य सेवा
आज डाक्टरलाई कारबाही भएको खबरमा रमाउने जनताले भोलि जब पाँच लाख तिरेर एक लाखको उपचार गर्नुपर्ने अवस्था आउँछ, तब दोष कसलाई दिने? अहिले वकालत गर्ने उपभोक्ता संरक्षण समितिका अगुवाहरू नै त्यसका जिम्मेवार हुनेछन्।

विश्वका धनी राष्ट्रहरूमा पनि आज स्वास्थ्य उपचार महंगो भएर प्रताडित भएका छन्। त्यसैले हामीले हेक्का राख्न जरूरी छ। हामी सेवामूलक स्वाथ्य व्यवस्था लागू गर्ने हो की पेशा मूलक स्वास्थ्य निति लागु गर्ने हो? हामी महंगो अमेरिकी स्वास्थ्य नीति लागु गर्दैछौं तर स्वास्थ्य व्यवस्थामा छिमेकी राष्ट्र भारत भन्दा पनि धेरै नाजुक अवस्थामा छौ । १० वर्ष पूरानो स्वास्थ्य दरबन्दीमा सरकारी अस्पताल चलेको अवस्था छ। देशको स्वास्थ्य भार प्राइभेट अस्पतालले थेग्नु परेको छ । बर्सेनी २ हजार डक्टर अनि ५ हज़ार नर्स बिदेशिने हालको अवस्था छ । सरकारी अस्पतालमा कतै स्वास्थ्यकर्मीको अभाव छ भने कतै स्वास्थ्य सामग्रीको कमी छ। 

कोभिडड महामारीमा खटेका स्वास्कर्मी, ती स्वास्थ्य कर्मीले अहिले सम्म नपाएको बिमा रकम र ती स्वास्थ्यकर्मीले गुमाएको जीवन वा ती स्वास्थ्यकर्मीले गुमाएको परिवारको जीवनको पनि क्षतिपूर्ति भरपाई गर्ने उपभोक्ता अदालत अनि समिति कहाँ खोज्ने होला ? आजसम्म ती स्वास्थ्य कर्मीहरूले आफैं प्रश्न गर्दैछन्।

हामी महंगो अमेरिकी स्वास्थ्य नीति त लागु गर्दैछौं, तर भारतभन्दा पनि नाजुक अवस्थाको संरचना छ। १० वर्ष पुरानो जनशक्ति दरबन्दीमा सरकारी अस्पताल चलिरहेका छन्। देशको स्वास्थ्य सेवा निजी अस्पतालहरूले थेगिरहेका छन्। प्रत्येक वर्ष २ हजार डाक्टर र ५ हजार नर्स विदेश गइरहेका छन्। कतै जनशक्ति छैन, कतै स्वास्थ्य सामग्री छैन। कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मी अझै पनि बीमा रकम पाएका छैनन्। जीवन गुमाएका स्वास्थ्यकर्मी र तिनका परिवारका लागि क्षतिपूर्ति दिने कुरा कता हरायो?

नेपाली स्वास्थ्य सेवा र मिडिया ट्रायल
विश्वका धनी मुलुकहरूमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली चिकित्सकहरू नेपालमा योग्य छैनन् भन्ने टिप्पणी गर्नु उपहासका पात्र मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो।अहिले अमेरिकाबाट, युरोपबाट नेपालमा उपचार गर्न आउनेको संख्या बढ्दो छ। नेपालको उपचार प्रणाली सबल र सुलभ दुवै छ।

नेपाली चिकित्सक नेपालमा उपचार गर्न सक्षम छैनन् भन्ने टिप्पणी गर्ने उपभोक्ता समितिका अगुवाहरूलाई हेक्का रहोस्, अमेरिका, वेलायत, युरोपमा उपचार चित्त नबुझेर या ढिला-सुस्त भएर नेपालमा उपचार अनि शल्यक्रिया गर्न आउनेको जमात बढ्दो छ।

बिरामीको मृत्यु हुनासाथ पत्र पत्रिका र फेसबुकमा "डाक्टरको लापरवाहीले बिरामीको मृत्यु" समाचार लेखने र मृत्युलाई मिडिया ट्रायलमा ल्याएर डक्टर पेशा बदनाम गर्ने फोटो पत्रकार, युट्यूब पत्रकार, फ़ेसबुक पत्रकार होस या डाक्टर बन्न दुईचार अंक पछि परेका अल्पत्रकार साथीहरू सबैलाई हेक्का रहोस्। 

डाक्टर बन्न ३५ वर्ष लाग्छ, त्यति नै पटक परीक्षाबाट गुज्रनुपर्छ। जसरी पत्रकारिता गर्दा भयमुक्त वातावरण चाहिन्छ, त्यसैगरी डाक्टरहरूलाई पनि काम गर्न भयमुक्त वातावरण आवश्यक छ।

डाक्टरको कार्य मूल्याङ्कन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल हो। तर हालको अवस्थामा स्वास्थ्यकर्मीहरूलाई अनावश्यक डर, दुर्व्यवहार, मुद्दा, मिडिया ट्रायलले आतंकित बनाइएको छ।

यदि यही अवस्था रहिरह्यो भने अबको ५–१० वर्षमा उपचार पाउनु दुर्गम सपना हुनेछ। सम्बन्धित निकायले समयमै सुविचार गर्ने कि वा हामी 'आयुर्वेदको देश' भन्दै बेसारपानीको भरमा रोग निको पार्ने घमण्डमै सीमित रहने ?

Published Link

https://swasthyakhabar.com/story/60385?fbclid=IwQ0xDSwLiDDZleHRuA2FlbQIxMQABHkQSknadz5iKt4RMPp94gbu7hjnFmcAJWSKOysPrjyVNWN4lQ4xJMO3hEnNx_aem_oQBcR835iFU0JMnH5KfViQ