Sunday, 2 November 2014

सीमा – रेखा


बि. स. २०६८ साल, शनिबारको दिन म भारतको एउटा सुन्दर नगरी उत्तर प्रदेशमा अवस्थित, नैनी ताल (naini tal) को भ्रमणमा लागेको थिए / उत्साह र उमङ्गका साथ छिमेकि मुलुक हेर्न / गाडीको पछछिल्लो सिटमा दिदि अनि म बसेर नैनी तालतिर लाग्यौ / अघि बुवा र आमा हुनुहुन्थ्यो /

भारतको सीमा नपुग्दै म आश्चर्यचकित भए / हुनुपनि स्ववाबिक्नै थियो / पढेको, सुनेको भन्दा अलि बेग्लै देखेपछि / कक्षा ७ मा हुदा सामाजिक विज्ञानमा पढेको थिए, महाकाली नदी नेपालमा पर्छ भनेर (mahakali river lies in Nepal ). / तर अली बेग्लै देखे /

त्यो त किताबमा मात्र सिमित रहेछ, यथार्तमा महाकाली नदी अलि वरनै नेपालको सीमा रेखांकित भएको रहेछ / महाकाली नपुग्दै १ कि. मि. वर नै भारतीय जवानहरु थिए / सुरक्षा पोशाक्मा / कडा स्वभाव र रुखो बोलीले आवत जावत गर्ने सबैको खल्ती देखि झोलासम्म सबै जाचबुज गर्दै थिए भारतीय जवानहरुले / १ किलो चिनी भेटटाएमा रु. २० नगद कर तिर्नु पर्ने रैछ जवानको खल्तीमा /

भारतीय सुरक्षा ब्यारेक क्रस गरेपछि, अन्तत हामी महाकाली नदीनिर अईपुग्यौ / नेपाल र भारतलाई छुट्टाउने यो महाकाली नदीमा पनि भारतीय जवानहरुको प्रोभुत्तो थियो / महाकाली नदी पार गर्न एउटा मात्र पुल छ र यो पुलको कमान भारतीय जवानहरुको हातमा छ / पुल पार गर्ने समय देउसो १२:०० बजेदेखि २:०० सम्म मात्र राखिएको रहेछ / अरु समयमा आवत जावत गर्ने सवारी साधनले छुट्टै कर तिर्नु पर्ने रहेछ, भारतीय पुल रक्षकलाई / हातमा ५० भन्दा बडी जति दिएपनि हुन्छ यी जवानहरुलाई /

पुलको ढोका खोल्ने समयमा मैले झ्यालबाट पुलुक्क बाहिर हेरे / किताबमा पढेको, अनि सुनेको मेरो महाकाली नदीलाई / राष्ट्रियता खुलेर आयो / शरिरभरि तातो रिस बलेर आयो / रिसको आगो आफूभित्रै समाउदा आखा भित्र आसु खसेर आयो /

महाकाली नदी दुई भागमा बाडिएको थियो, नेपाल र भारतमा / गर्मीको सुक्कायाममा पानी भारतीय मूलमा लैजाने अनि बिजुली निकाल्ने गरि बाध बधिएको थियो / अनि बर्षायाममा बाध खोलेर नेपाली भुमि बगेर जाने कुरा सुनेपछि झन् थामी नसक्नु भयो / मनभित्र राष्ट्रियता बलेर आयो /

भारतीय नुनको सोझा नेताहरुले सुगौली सन्धी लाएपछि, रिसको आगो आफूभित्रै राखनु बाहेक अरु कुनै विकल्प थिएन /

३ घण्टाको बाटोपछि अन्तत हामी नैनी तालमा पुग्यौ / शान्त, सुन्दर अनि प्राकृतिक नैनी ताल, चिल्ला सडक अनि ठुला पाचतारे होटल देखेपछि कतै कतै पोखराको फेवा तालसंग मेल खादो रहेछ जस्तो लग्यो / कुन ताल राम्रो भनेर छुट्याउन गार्हो पर्यो मलाई / नैनी ताल, धुन ताल गुमेर फेरी तेहि सीमा रेखामा आईपुग्यौ जहाँ लुकेको, सुकेको र हराउन लागेको राष्ट्रियता बलेर आऊछ /

फर्कदा फेरी पुलुक्क हेरे मेरो महाकालीलाई, दुई भागमा बाढेको / अनि देखे असक्त र निर्लज नेपाली अनुहारहरुलाई खोला वारी पारि गरेको / आफ्नै आखाले देखे खुला रुपमा नेपालीको स्वविमान बेचिएको / अनि झलक्क सम्झे नेपाली सहिदहरुले अंग्रेजहरु बिरुद्धधको लडाईमा दीएको बलिदान, तेहि नेपालीको स्वविमान बेचिएको सीमा रेखामा /

No comments:

Post a Comment