Saturday, 27 December 2014

पोखरा घुम्न आऊ..

















पर्यटक भई पोखरा घुम्न आऊ
चरा जस्तै आकाशमा उड्न आऊ
अग्लो पहाडबाट बन्जी खेल्न आउ
पर्यटक भई पोखरा घुम्न आऊ !!

तर फोहोर मैला आफै संग लैजाऊ
केराका बोक्राहरु खल्तीमा लिई जाउ
पानीका खाली बोतलहरु पनि आफुसंग लैजाऊ
तर पर्यटक भई पोखरा घुम्न आऊ !!

निर्भिक्क मनहरु हेर्न आऊ
नसालु अखाहरू हेर्न आऊ
सुन्दरत्ताका छटाहरु हेर्न आऊ
पर्यटक भई पोखरा घुम्न आऊ !!

भ्यकेसन् अनि पिकनिक गर्न आऊ
गर्लफ्रेन्ड संग डेटिंन्ग गर्न आऊ
सहपरिवार पोखरा घुम्न आऊ
पर्यटक भई पोखरा घुम्न आऊ !!

डयामसाईटको झरना हेर्न आऊ
लेकसाईटको सुन्दरता चुम्न आऊ
खुला आकाशमा पोखरा नाचेको हेर्न आऊ
पर्यटक भई पोखरा घुम्न आऊ !!

‘ह्यापी न्यु एर’ संगै भन्न आऊ
‘बर्थ डे’ मा साथी संगै घुम्न आऊ
सके पोखरा फेरी पनि घुम्न आऊ
सक्दैनौ पोखरा एक पल्ट घुमि जाऊ !!

डाकटर हौउ भने सेवा गर्न आऊ
बिरामी छौउ भने अखती गर्न आऊ
पर्यटक हौउ भने पोखरा घुम्न आऊ
पर्यटक हौउ भने पोखरा घुम्न आऊ !!

Friday, 26 December 2014

मातिएका कम्युनिष्टहरु



क्यापिटालिजम(capitalism) अनि सोस्यालिजम(socialism) भन्दा केहि माथि उठेर आएको कम्युनिज्म(communism) विचारको नया खाका कोर्ने दुई विद्वान कार्ल मार्क्स(Karl Marx) अनि भालडीमिर लेनिन(Valdimir Lenin) कम्युनिज्मका सर्जक हुन्, कम्युनिज्मका पिता हुन् / १८ औ सताप्दीको अन्त्यमा जानमिएका कार्ल मार्क्सको मार्कसिज्मका(Marxism) ले बिस्वभर कम्युनिजमलाई नया बिज दियो /


क्यापिटलिज्मको सिधान्तमा सामजलाई २ वर्गका व्यक्तिमा बाडीन्छ / एउटा वर्ग जो हुनेखाने, पुजी भएका, धनि, सासक वर्ग र अर्को वर्ग, सोसक वर्ग, जो पुजी भएकाहरुको कारखानामा काम गर्ने गर्छ / सोसक वर्गहरु कामको लागि संघर्स गर्नु पर्ने, र सासक वर्ग भन्दा माथि उठ्न नसक्ने क्यापिटालिज्म सिधान्तको एउटा कमजोर पाटो हो / मार्क्सले येही कमजोरीलाई दर्शाउदै क्यापिटालिज्म भन्दा माथि उठेर मार्क्ससिज्म सिदान्तको विकास गरे, १८ औ सताप्दीको अन्तमा / जसलाई मार्क्सिज्मको सिधान्त भनेर आज बुझिनछ / मार्क्ससिज्मक सिधान्तले समानुपातिक रुपमा हक र अधिकारको सिधान्तलाई अघि सार्छन् / येही मार्क्ससिज्मलाई मलजल गरेर लेनिनले लेनिनीज्मको विचार अघि सारेर बिस्वभर मार्क्ससिज्म-लेनिननिज्मको सिधान्तलाई जीवन्त तुल्याए /


बिश्वमा हराउदै गएको कम्युनिजम व्यक्तिवादी कम्युमिज्मको उपज हो, मातिएका कम्युनिष्टहरुको उपज हो !




मार्क्स र लेनिनको विचारले विश्वमा नया आमुल परिवर्तनको लहर ल्यायो / बिश्वमा सोसक बर्गको हकहितका लागि लेबर युनिएनको गठन भयो / एसरी संसारभर कम्युनिज्मको बिकाश भयो / विकासको चरम आवसेक्ता संगसगै आज फेरी धेरै जसो देसहरु पुन कम्युनिज्म छोडेर क्यापिटालिज्मको प्रणालीतर्फ जादै छन् / रुस पनि एउटा उदाहरण हो / तर आजको एक्काईसौ सताब्दीमा आएर क्यापिटालिज्मभित्र पनि मार्क्स-लेनिनका सिधान्त मान्नेहरुको कुनै कमि छैन / मार्क्स-लेनिनको सिधान्तस्वरूप आज पनि पश्चिमी देशहरुमा ट्रेड युनिएनको चलन एथावत रुपमा चलेको छ /
 
येही मार्क्ससिज्म-लेनिननिज्मको सिधान्तलाई आधार बनाएर हाम्रो देशमा पनि कयौ कम्युनिष्ट पार्टीको बिकास भयो / कतिले आधि मार्क्स, कतिले आधि लेनिन र कतिले आधि कम्युनिष्ट विचारलाई अवलम्बन गरे अर्थात् आधुनिक कम्युनिष्टको विचार अघि सारे / कतिले त आफ्नै नामको पछाडी पथ राखेर, (अर्थात् प्रचण्डपथ राखेर) नया कम्युनिज्मको बिकास गरे / एसरी बाबुरामपथ, बैधपथ, विप्लबपथ देखि लिएर माधवपथ, झलनाथपथ र ओलिपथको बिकास भयो / अर्को भाषामा भन्नु पर्दा हाम्रो देशमा प्रजातान्त्रिक कमुनिज्मदेखि व्यक्तिवादी कम्युनिज्मको विकास भयो / क्रमस रुपमा हाम्रो देशमा कम्युनिज्मको एथार्थ परिभाशा सुस्त सुस्त हराउदै गयो / आज आएर मातिएका कम्युनिष्ट र मातिएको कम्युनिज्मको विकास भयो /

मार्क्स-लेनिनको विचारलाई तोडेर, मोडेर हाम्रो देशमा नया कम्युनिज्मको बिकास हुनु कुनै नौलो कुरा थिएन / कुरालाई तोडेर मोडेर प्रस्तुत गर्ने सिपालु प्रचण्ड जिउले आफ्नो नाम पछाडी पथ थपेर प्रचण्डपथको बिकास गर्नुभयो / प्रचण्डपथले समानुपातिक प्रणालीको परिभाशा दिनु र पाकिस्तानका तालिबानले कुरानको परिभासा दिनु एउटे थियो / हाम्रो देशमा पनि जात, धर्म र सम्प्रदाईक संविधानको माग बढेर आयो / संविधानका मूलभुत कुराहरु ओझेलमा गए, प्रचण्डपथ र समानुपतिक प्रणालीको कुरा अघि सार्नाले / झन् संबिधान सभाको पहिलो चुनाबले प्रचण्डपथलाई मलजल गर्यो / संबिधान ओझेलमा पर्नुमा प्रचण्डपथ मात्रै पनि दोषी होईन, येस्ता धेरै पथहरु छन्, संबिधान र संबिधानसभा विफल हुनुका कारकहरु /

घरको सिसा गिलासभन्दा पनि छिट्टो छिट्टो कम्युनिष्ट पार्टी फुट्नु कारण पनि तिनै व्यक्तिहरु हुन्, जसले आफ्नो आफ्नो पथमा छुट्टा छुट्टै कम्युनिष्टका दोकानहरु खोले / व्यक्तिगत स्वार्थमा लिप्त आजका ई मातिएका कम्युनिष्टहरु एथार्थमा कम्युनिष्ट होईनन्, ई त खुद्रा ब्यापारी हुन्, जसले मार्क्स र लेनिनका विचारहरु होलसेलमा किनेर खुद्रामा बेचीरहेका छन् / ई त मातिएका कम्युनिष्टहरु हुन्, जसले कम्युनिज्मलाई थमेलको ब्यश्यालयमा बेचेर नाङ्गो नाच नचायो र जनयुधमा मरेका सहिदहरु प्रति नौटन्ग्की अशु बगायो /

धर्ती मुनिको देशमा

धर्ती मुनिको देशमा थिए, जहाँ जमिन मुनिको तातो लावा निस्केर समुन्द्रको चिसो हावालाई पनि एकै छिनमा तातो बाफ बनाएर बायुमण्डलमा फैलाईदिन्थ्यो / तातो हावाले नाक, काँन, अनि मुखलाई ताताउदै थियो / कसैले ईट्टा-भट्टीको आगोमा राखेर हात खुट्टाका साप्रा पोल्दै गरेको अनुभब हुन्थ्यो / घडीको सुईसंगै तापक्रम नाप्ने सुईपनि १ दिनभरमा पुरै फन्को लगाउथ्यो / तापक्रम मापन गर्ने त्यो मस्तिस्कले हरेक दिन घर्मीको पारा बढेको मेसेज पठाउथ्यो / दिउसोमा भित्रि गन्जी लाएपनि गर्मीले पोल्ने गर्थ्यो / सरिरका छाला पनि फलाम जस्तै पगालेर लैजाने हो कि भन्ने डर लाग्थ्यो / लाग्थ्यो, यो घर्मिले, काट्न लागेको फलामे तार पनि तरल बनेर छाला नै बगाएर लैजान्छ / पसिनाको थोपा ओठमा खस्दा नुनिलो स्वादको भान हुन्थो / पसिना पसिनाले सरिर च्याप च्याप हुन्थ्यो, मानौ, सरिरमा कसैले मह दलेर सुखाएको जस्तो / अनि तेहि च्याप च्यापी सरिर लिएर चिसो ओछ्यानमा दुई खुट्टा फालेर सुत्दा स्वर्गीय आनन्दको अनुभूति हुन्थ्यो मलाई, त्यो देशमा, धर्ती मुनिको देशमा !


अछ्याँनमा सम्झनाका पानाहरु पल्टाउदै म सपनाको सिरानीमा सुतिरहेको हुन्थ्ये / फेरी पनि उही आफ्नो धर्तीको सपनामा आखा दौडाईरहन्थ्ये / फेरी ती प्रकृतिका छटाहरुमा म कुदिरहन्थ्ये / परबाट एउटा ढुलो आवाज हिमाल अनि पहाड घुमेर मेरा कानमा आईपुग्थ्यो / त्यो आवाजका तरंगहरु म संसारको कुनै ठाउँमा बेहोसिको मुन्द्रमा भएपनि, मेरो मस्तिस्क र मेरा पाचै अँग्गले मापन गर्न सक्थे / घरको मिठो डीढो र सिन्क्कीको झोल पाकेको गन्ध, त्यो धर्ती मुनिको देशमा, मेरो ओछ्यानमा आईपुग्थ्यो / फेरी सपनीमा म धौडन्थे, त्यो आवाजको तरङ्ग नीर, आफ्नो घरनीर / खुट्टालाई साईकलका पांग्राभन्दा पनि छिट्टो छिट्टो चलाउदै, म कुदीरहन्थ्ये / मेरा पाईलाहरु ती दोबाटाहरुमा धसिएर थुप्रै गहिरो खाडल बनि सक्थ्यो / सम्झनाको गहिरो खाडल थियो त्यो / घरमा आमाले सधै झैँ १ चम्चा घिउ तातो डीडोमा हाली छोपीदिनु हुन्थ्यो / म छिट्टो छिट्टो दौडी रहे, खेत अनि बारीका ती डिल डिलमा उफ्रदै अनि लड्दै अनि फेरी उफ्रदै / मेरा पाईलाहरु थाकेपनि मेरो मस्तिसकका नसाहरु फेरी ज्वातिसिल हुन्थे, ती आवाज सुनेर / म फेरी आफ्ना गतिशील दुई पाउ फिजाउदै दौडीरहे !

‘बल्द्याँङ्ग’ एउटा दुलो आवाज आयो / कसैले कोठाको डोकामा लात्ताले हानेको आवाज थियो / म सपनाबाट बिउझिएछु र फेरी तेहि पुरानै देशमा आईपुगेछु / धर्ती माथिको देशबाट धर्ती मुनिको देशमा आईपुगेछु / फेरी अर्को आवाज आयो ‘बल्द्याँङ्ग’ / एसपल्ट आवाज पहिले बन्दा दुईगुणा ढुलो भएर आयो / सपनाको मिठो संसार, घरको मिठठो डीडो, अनि सिंन्किको झोल नखादै फेरी बिउझेको रहेछु / घरको आगनमा नपुग्दै बिउझाईदिएछन् फेरी मलाई, ती ह्रदयहिन अनि अमानवहरुले, धर्ती मुनिको देसका सामन्ती सासकहरुले / बोत्तलको चिसो पानी संगसगै तातो रिस पनि आफैभित्र निले !

अनि कपडामा टासिएका खरानी जस्तै रेतका कणहरु टकटकयाएर आफ्नो नरम सरिरमा गलबन्दी ओडे जसरि लगाए / सधै झैँ पाईन्टका खाली खल्ती सुमसुमाउदै अनि टकटकयाउदै लगाए / एउटा हाफ पाईन्ट अनि टिसर्टलाई खुम्चाएर झोलाको खल्तीमा कोचीदिए / झिगाले रन्किएको भान्सा घरमा गएर चिसो पाउरोटि फेरी ओभनमा ताताउदै ५ तल्ले टिफिनको डब्बा मध्य एक तल्लामा राखीदिए !

टिफिन बक्स अनि पानीको बोत्तल लिएर फेरी हिडे, उही धर्तीमा जहाँ तातो रेतले खुट्टाको चप्पल माथिको  छाला पनि तातेर आउछ / जहाँ बोत्तलको पानी पनि बाटोमै उमलेर बोत्तलको बनावट नै बिग्रन थाल्छ / तातो घर्मीले फेरी फनफनी घुमाउला जस्तो भयो / टाउकोमा लगाएको हेल्मेट जस्तो टोपीपनि गर्मीले तातेर आउथ्यो, अनि फालौ जस्तो लाग्थ्यो / आफ्नो देशको नियम कानुन भन्दा धेरै कडा थियो तेहाको ठेकेदारको रिस / तलबै खाईदिने हो कि भनेर पनि लगाईदिनु पर्ने, त्यो तातो फलामे टोपी / मनमानीको राजा ठेकेदारको लागि / टिफिनको नास्ता र खाना सबै एकै चोटी खाईदिए / चिसो पाउरोटि घाटीको नलीमै गएर टासीएछ / तातो पानी पिउदै पाउरोटी निलेर आकाशतिर हेरे / एउटा चराहरु पनि उडेका थिएनन् / सुर्यको गोल आकार झन् पछि झन् बढ्दै थियो / समुन्द्रको पानीलाई मैले पाउरोटि निले जस्तै सुर्यले पनि निलीदिन्छ जस्तो लाग्थ्यो / समुन्द्रका छालहरु तातो रेतलाई भिझाउदै फर्कन्थ्यो, फेरी आफ्नै महासागररुपी घरमा !

लाग्थ्यो म पनि समुन्द्रका छाल जस्तै भईदिए, बगेर जान हुन्थ्यो आफ्नो देससम्म, आफ्नो घरको आगनसम्म / मनको चरा सात समुन्द्र पारि उडेर घरको आगनमा पुगेर फर्कनथ्यो / सरिर मात्र तातीरहन्थ्यो, त्यो धर्ती मुनिको देशमा !

दिनभरीको काम अनि थकाईपछि फेरी आफ्नै ओछ्यानमा दुई खुट्टा फिजाउदै सुते / सपनाको बारीमा फेरी कुद्न थाले, आफ्नो गाऊ, अनि आफ्नो बाटोहरुमा पाईलाको गहिरो छाप छोड्दै घरतिर दौडदै थिए / खुट्टालाई साईकलका पांग्रा जस्तै छिटटो छिटटो चलाउदै फेरी आफ्नो घरतिर लम्कदै थिए / आज मलाई कसैले पनि उठाएन मेरो सपनाबाट / म आफ्नो घरको आगनमा पुगे / अचम्म लग्यो, आमा भुईमा लम्पसार भएर रुदै हुनुथ्यो / समय समयमा आमा चिच्याउनु हुन्थ्यो, डाको छोडेर चिच्याउनु हुन्थ्यो / मैले केहि भुज्नै सकिन / बाबाले आमाको खुट्टा सुम्सुमयाउदै हुनुहुन्थ्यो / घरमा आज चुलो पनि बलेको थिएँन / म असचर्यचकित भएर हेर्दै थिए / सब्दाका एक कोटी पनि निस्केएनन् मेरो ओठबाट / म अस्चर्य मान्दै बहिनिकहाँ गए / उ पनि सानो स्वोर स्वग्रख स्वर्ख्रुख रुदै थिई, मेरो फोटो हेरेर / अन्तत मैले थाहा पाए, मेरो ओछ्यान त सदैको लागि चिसो भईसकेको रहेछ, त्यहि देशमा, धर्ती मुनिको देशमा !

म फेरी दौडन थाले, आफ्नो खुट्टालाई साईकलका पांग्राभन्दा पनि छिट्टो छिट्टो घुमाउदै दौडन थाले, उल्टो दिसामा, उल्टो छितिजमा !

एउटा धर्ती मुनिको देश हुन्छ,
जहाँ आफ्नै रगतको मोल हुन्छ,
जहाँ आफ्नै सरिरको मोल हुन्छ,
जहाँ अर्काकै बोल मोल हुन्छ,
जहाँ आफ्नो रत्तिको मोल हुन्छ,
एउटा धर्ती मुनिको देश हुन्छ !!

Tuesday, 9 December 2014

भो मलाई चाहिदैन संबिधान



एती महँगो एती ढुलो अनि एती भयाभह संविधानको सायद कसैले अपेक्षा गरेको थिएन / संबिधान त नेपालीहरुको साझा साझेदारी पो हो त / यो त भ्रस्त्रचारिको करेसा बारी पो भयो / जहिले चाहिए तेहिले संविधानको कोषबाट भकारी भरिने गरि लयो / अनि राष्ट्रिय दुकुटी रित्तो पार्ने भयो / एती महँगो संबिधान चाहिएन मलाई / बरु संविधानको नारा छोडी देउ, गरिबलाई रोज्गारी देउ, अशिक्षितलिई शिक्षा देउ अनि दुई चारओटा चिल्ला सडक बनाईदेउ /
मुलुकमा संविधानको नाममा खरबौ खर्ब सकियो रे / अब खर्च नगर / संविधानलाई बन्द गर / बरु पुर्व पश्चिम राजमार्ग अनि रेलवे बनाईदेउ / संबिधानको नाममा सुकेको यो देशलाई अबको चालुबर्सको बजेटले रंगिन बनाईदेउ / बढ्दो महगीले सुकेका नेपाली ओटहरुलाई पेटभरि पुग्ने दाना पानी मिलाई देउ /
तेसपछी कसले प्रश्न गर्न सक्क्ष र “नेताजिउ संबिधान कहिले आउछ?” भनेर /
आजकाल टेलिभिजनमा समाचार हेर्नपनि दिक्क लाग्छ / उही नेता, उही बाचा र उही संझौता सुन्दा सुन्दा दिक्क लाग्छ /
 “हामी अन्तिम बिसयमा छलफल गर्दै छौ, आउदो २१ गते सम्म देसले निकास पाउछ”
बार्ता टेबुल छोडेर ढोका बाहिर आउनासाथ नेताको मुखबाट पुक्लुक्क निस्कन्छ / तेसैले आजकाल नेपाली समाचार सुरुहुना साथ भारतिया समाचार लगाउछु / देसले निस्कास नापएनी छिमेकिले बिस्कास गरेको देखेर रमाउछु /
देस निकास न त मोदीले दिएको HIT फोर्मुलाले हुन्छ न त कुनै बिदेसी सहयोग ले नै /
संबिधान के का लागि ? देस निस्कासका लागि कि देश विकासका लागि ? १० वर्ष अन्तरिम संबिधानले चलेको हाम्रो जस्तो स्यानो मुलुक संबिधान बिना पनि चल्न सक्छ / भो बरु चाहिदैन संबिधान पेटभरि खान भए पुग्छ, टुक्रा टुक्रा हैन मलाई मेरो सिंगो देस भए पुग्छ /

संबिधान मुलत देस विभाजनमा अड्किएको छ अरे / देशलाई पनि मासुको चोक्टा काटे झैँ सानो सानो पिस पार्ने अरे / सबैका भागमा बराबर पार्न / एस्लाई समानुपातिक प्रणाली भनेर जह्याली पिट्नेहरु पनि छन् / अनि कतिले त हिन्दु राष्ट्र नेपाल भनेर आफ्नो संबिधान र म्यान्डेटमै लेखिसके / कतिले त परिवार नियोजन नगरेर् ७,८,९ प्रदेस पनि बनाईसके /
डाक्टर बाबुरामजिउले समयमै बिबेक पुर्याएर कृसिमा लाग्नुभएछ / अब बाकी सबै नेताजिउहरुले पनि कृसि गर्ने हो भनि हाम्रो देश कृसि मुलक देस नै हुनेथियो / राजनीतिले त कहाँ पेट भर्छ र ? अचम्म लाग्छ मलाई हाम्रो देशमा एती धेरै नेताहरु खाली पेटमा छन् भनेर ? गरिब जनता भन्दा गरिब अनि आशाहाय /

आजकाल साथीभाईसंग “संबिधान आयो अरे” भनेर डट्टा गरौ भनेपनि विश्वास गर्ने छाडीसके /
कुनै समयमा चिया पसलमा संविधानका कुरा गर्ने बुढा पाका र युवा तनेरीहरु पनि थाकिसके / कति बुढा स्वर्गबासी भईसके, कति युवातन्नेरी बिदेस पलायन भईसके / बाकी नेपाली युवाहरु ई. डी. भि. छिट्टा भर्न र बिदेस जान तमतयार छन् / समय र भाग्यले साथ नदिएर मात्र हो /

tमेरो अनुरोध छ ढुला भनौदा नेताजिउहरुलाई /

बार्ता बैठक सबै गरि विवादका कुराहरु
राज्य पुनर्संरचना देखि विभाजनका कुराहरु
लेख तिमि नया नेपाल सम्भिदंका कुराहरु
लेख तिमि नया नेपाल सम्भिदंका कुराहरु ...

मनमुटाब र विमतिका कुराहरु भएपनि
हातेमालो गर तिमि पार्टी भित्र बाहिरपनि
लेख तिमि नया नेपाल सम्भिदंलाई भएपनि
लेख तिमि नया नेपाल सम्भिदंलाई भएपनि

सक्छौ संबिधान २ महिना भित्रै पारित गरिदेउ / सक्दैनौ भने संबिधानको नाममा हुने बिकृति, बिसंगितबाट देसलाई मुक्त बनाईदेउ / संविधानको च्याप्टर(chapter) नै क्लोज(close) गराईदेउ /