Sunday, 4 October 2015

मोदीले नेपालीलाई नाकाबन्धिको राम्रो पाठ सिकाए

नेपाली हामी बिश्वलाई नै स्वाभिमान र स्वतन्त्र रहेको राष्ट्रको संज्ञा दिन्छौ ! भारतीय नाकाबन्धि बिरुद्ध फेसबुक र ट्वीटरमा कडा भन्दा कडा बिरोध गर्छौ ! ईतिहासमा बलभद्र र अमरसिह जस्ता गोर्खालीले स्वाभिमान रहेको नेपाल भनेर घमण्ड गर्छौ ! तर हाम्रो देश स्वाभिमान केवल ईतिहासमा मात्र रह्यो ! बर्षौ देखि कोशी र महाकालीको सिमानामा हराएको नेपाली स्वाभिमान र रास्ट्रियताको कोहि कसैले बिरोध गरेन ! आज घरमा चुलो बलेन, गाडीमा पेट्रोल भएन भन्दैमा भारतिय अथिक्रमण भन्नु लज्जा हो, कायरता हो ! मागेर चलेको देशमा रास्ट्रियता र स्वाभिमान खोज्नु हाम्रो मुर्खता हो ! आज फेरी मोदीले नेपालीलाई नाकाबन्धिको राम्रो पाठ सिकाय !

यो नाकाबन्धि नेपालको लागि पहिलो पटक पक्कै होईन ! भारतले पटक-पटक हरेक क्षेत्रमा नेपाललाई नाकाबन्धि लगायो ! भारतको नाकाबन्धिले गर्दा नेपाली अर्थतन्त्रमा पर्न सक्ने धक्काको पक्का यकिन अझै हामी सबै नेपाली जनमानसमा छैन ! पेट्रोलियम पदार्थ नाकाबन्धि त केवल एउटा उदाहरण मात्र हो ! भोलिका दिनमा भारतले सबै क्षेत्रबाट नेपाललाई नाकाबन्धि नलगाउला भन्न पनि सकिन्न ! यसो भनिरहदा नेपाली भारतको रिमोटमा चल्ने यन्त्र हो भन्ने होईन ! नेपालले भारतप्रतिको निर्भरता हटाऊनुपर्छ भनेको हो !








हामी नेपाली बिश्वको नजरमा बीर-गोर्खाली भनेर चिनिएतापनि बास्तबमा हामी नेपालीहरुमा, अरुको मुख ताक्ने बानी साह्रै खराब बानी छ ! मोदी प्रधानमन्त्रि हुदा खुसि हुने सबैभन्दा पहिलो नेपालीहरु नै थिए ! नेपालीहरु मोदी प्रधानमन्त्रि भएर नेपाललाई गर्न सक्ने सहयोगप्रति अपेक्षारत थिए ! मोदीको सहयोग पक्कै पनि निस्वार्थ सहयोग थिएन ! मोदीले भाषणमै भनिसके भारतले नेपाललाई दिएको सहयोग नेपालले बिजुली बनाएर तिर्नुपर्छ ! हामीले सहयोग त खुसिसाथ लियौ तर बिजुली आफै बनाएर तिर्न सकेनौ ! तेसैको प्रतिफल आज भारत मै ठुलो भन्ने रवैया देखाऊदै छ ! र लाचार नेपाली नेताहरु भारत बिरोधि अभिबब्ययक्ति दिएर सस्तो लोकप्रियता कमाउदै छन ! बास्तबमा हामी चुक्यौ, स्वाभिमान र आत्मनिर्भर बन्न !

भारतले नुन दिदा हामीले गहुँ र भारतले तेल दिदा हामीले बिजुली दिन नसकेसम्म पटक पटक हाम्रो स्वाभिमन र रास्ट्रियता गंगामा बगेर जान्छ ! अब नेपालका लागि दुई-वटा बाटो छ ! कि भारतले जसो भनेको छ तेसै तेसै गर्ने वा स्वाभिमान बनेर तेलको साटो बिजुली बेच्न सक्ने ! अब स्वाभिमान बन्न नेपालले चर्को मुल्य तिर्नु पर्छ ! स्वाभिमान हुन विचार र चर्को भाषण गरेर मात्र हुदैन, मोदीले सिकायको नाकाबन्धिको पाठ मनमस्तिष्कमा छापेर देशलाई स्वाभिमान बनाउन तिर लाग्नुपर्छ !

No comments:

Post a Comment