Tuesday, 28 October 2014

डीलक्स (DELUXE) बस



दशैंको छुट्टि पछि हेटौडाबाट पोखरा पर्कन क्रममा हेटौडा बसपार्कमा टिकट काट्न गए \ लामो लाईन थियो \ सबैलाई अघाडीको सिट चाहिएको थियो \ चालक सदस्यहरुले सबै प्यासेन्जरहरुलाई समाउदै आफ्नो DELUXE बसमा चढ्न आग्रह गर्दै थिए \ सबैले खुशीसाथ DELUXE गाडीमा टिकट रू. ४०० दिएर टिकट काटे \ मैले पनि लिए \ सुरुमा काटेको भएर १ न को सिट पाए \ ड्राइभरले संकेत गर्दै थिए ; ऊ त्यो DELUXE गाडी बस्नु भन्दै \ म ड्राइभरको संकेतअनुसार गए \ टिकटमा लेखेको गाडी न. खोज्दै हिडे \ अन्तत DELUXE गाडी भेटे \ गाडी देखेर अचम्म लग्यो \ गाडीको हालत जिर्ण थियो \ गाडीको पाटपुर्जा नै बाहिर निस्केला जस्तो थियो \ बस्ने सिट पिंग जस्तै लचक लचक गर्थ्यो \ गाडीको अगाडिको सिसा सफा गर्ने १ wiper थियो १ थिएन \ रू. ४०० को टिकट काटी सकेको थिए \ बस्नु बाहेक अरु केहि उपाए थिएन \ आफनो एउटा लुगा राखेको झोला र कलेज ब्याग लिएर सिट न. १ मा बसे \

७ ; १५ बजे गाडी हिड्यो \ समयभन्दा केहि डीलो भयो \ बसको नामपनि DELUXE थियो \ तर गाडीमा चिसो हावा दिने AC थिएन र अवस्येकक्ता पनि थिएन \ चालकदाईले हरेक चोटी ब्रेक हान्दा मेरो ज्यालको सिसा आफै खुल्ने र बन्दहुने गर्थ्यो \ गाडीमा समय समयमा मानिस राखने र ओराल्ने क्रम जारी थियो \ पोखरा पुग्ने प्यासेन्जर भन्दापनि बडी बिचमा ओर्लानेहरु थिए \ एक जना व्यक्ति चालकलाई अलि चर्को स्वरमा प्रश्न गर्यो  ; तपाईको DELUXE बस एहि हो, अनि राम्रो गाडीलाई के भन्नुहुन्छ ?
चालकले हास्दै भने ; त्यो AC भाको गाडी VIP बस हो र यो DELUXE \ तपाईले गाडी हेरर चाडन पर्छ \ तपाइलाई जबार्जस्ती गरेर ल्याएको त हैन मैले ? (बास्तबमा चालकको कुरा सहि हो \ समातेर ल्याएको मात्र हो, जबर्जस्ति गरेको होईन \)
बोरामाथि बसेका, ह्यान्डल समाउदै एक अर्का तिर फर्किएर उभिएका सबै प्यासेन्जरहरु गलल्ल हासे \

No comments:

Post a Comment