Thursday, 30 October 2014

रिफर टु मणिपाल (Refer to Manipal)



साँझको ५ बजेको थियो, कामले हो कि बिनाकाम्ले, म एउटा अस्पतालमा पुगेको थिए / अस्पतालमा सबैतिर सान्त थियो / कुनै कोलाहलको आवाज थिएन / डाक्टर पनि खासै थिएन्, अनि बिरामी पनि / सबै कर्मचारी ध्यान मग्न थिए /
एकाएक एकजना व्यक्ति रोएको आवाज आयो / अनि फेरी अर्को आवाज आयो ; डाक्टर रमेश, डाक्टर रमेश / डाक्टर रमेशलाई छिटटो बोलाइदिनुस त / ईमरजेनसीमा एउटा क्रिटिकल केस आको छ / एति नभन्दै एउटा सेतो पोसाकमा हतार हतार गर्दै डाक्टर रमेश आइपुगे / डाक्टर रमेश संगसंगै हामी सबै हेर्न गयौ, अलि पछि उभिएर / मोटरसाईकल दुर्घटनामा परेको बिरामी रहेछ / बिरामीको हालत गम्भीर थियो / पेट खुलेर आन्द्रा बूडी बाहिर निस्केको थियो / टाउकोमा र कुटटामा पनि चोट थियो / बिरामी ल्याउने व्यक्तिलाई पक्का थाहा थियो / उनको साथी बाच्न गाह्रो छ / उनि रुदै थिए / ठुलो आवाजमा / झन् पछि झन् ठुलो आवाजमा /

डाक्टर रमेशले विरामीको घाटिको नली खुलाईदिए अनि ventilator  मा राखिदिए / बाहिर निस्केको भुडीलाई मिलाएर टालोले बाधीदिए / डाक्टर रमेश सिपालु रहेछन / बिरामी बच्ने केहि झिनो आशा भएपनि देखियो /

एकाएक फेरी बाहिर रोएको ठुलो आवाज आयो / बिरामीका आमा र आफन्त रहेछन / अस्पताल फेरि कोलाहलले भरियो / अस्पतालका एक कर्मचारीले सम्झाउदै थिए / डाक्टर रमेशपनि सम्झाउन बाहिर निस्के / बिरामीका परिवार र आफन्त केहि बुझ केहि अबुझ रहेछन / सबैका विभिन्न बिचार थियो / कतिले त अस्पताललाई दोस दिन पनि पछि परेनन् / अन्तत अस्पतालले बिरामीलाई मणिपाल लैजान रिफर (Refer) गर्यो /

बिरामीलाई उचाल्दै एम्बुलेन्समा हालियो / बिरामीका बुबा अझै आउदै थिए / केहि डिलो भयो / तेतिकैमा एम्बुलेन्सका ड्राइभरपनि गाएब भए / झन् पछि झन् डिलो भयो / केहि समयपछि अन्तत बिरामीलाई लिएर विरामीका बुबा र एक अस्पतालका कर्मचारी भएर मणिपालकालागि हिडे / अस्पताल र मणिपालको दुरि ५ कि मि थियो / मणिपाल लैजादै गर्दा बिचबाटो मै विरामीको निधन भयो / निधन स्वभाविक पनि थियो / र कसैकालागि चासोको बिषय बनेन /

[येसरी मर्नेहरुको संङ्ख्या मेडीसिनमा अधिक छ र येस्ता मृतुलाई रिफर टु एंड मनेजमेन्ट(Refer to and management death) डेथ पनि भन्न सकिन्छ !]
रिफर गर्दा र मनेजमेन्टका कमि कमजोरीबाट हुने मित्युहरु हुन् !

Wednesday, 29 October 2014

नेपाली टायम (Time)



हामी नेपालीहरुलाई आर्थिक कुराले पावन्दी लाग्न सक्छ तर समयको कुनै पावन्दी छैन \ कार्यालयमा कर्मचारी भन्दा हाकिम डिलो, कक्षामा गुरुभन्दा बिद्यार्थी डिलो र संसदमा सभामुखभन्दा सांसद डिलो \ डिलो गर्ने त नेपाली बंग्समा आएको उपहार नै हो \ सबैको आफाफ्नो बाहाना हुन्छ \ कतिले त नेपाली टायम हो भन्न पनि पछि पर्दैनन् \ बिहान खानामा पनि भात बेलुकी पनि भात र बचेको भात भूटेर दिउसो पनि भुटेको भात अर्थात फ्रायड रैईस् खाने बानीले होला नेपालीहरु यती अल्छि भएको \

नेपालमा ठिक समयमा न त कुलेखाने जलबिदुत आयोजना बन्यो न त समयमा संबिधान नै \ नेपाली टायम कुनै नेपालीले आविस्कार गरेको नौलो कुरा पनि होईन, यो त अल्छि नेपाली पुर्खाले चलाएको कुसंस्कार हो \ बूडीवादीहरुको अल्छिपन हो \ राष्ट्रलाई पछि पार्ने एक कुतत्वो हो \ कामचोर प्रवृति हो \

Tuesday, 28 October 2014

मानब जिवन


मानव जीवन अत्यन्तै सुन्दर जीवन हो / तेसैले त मीर्तु देखि सबै डरउछन् र मीर्तुदेखि टाडा भाग्न खोजछन् / मीर्तुदेखि रमाउने र मीर्तु चाहनेहरु संभवत कुनै समाएमा पिडा र बेदनाका सिकार भएका होलान या मानसिक सन्तुलन गुमाएका होलान / साच्चिकै र्हिदयदेखि नै मीर्तु मन पराउनेहरु भएपनि बिरलै होलान / जे जसो भएपनि, चाहेपनि नचाहेपनि मानब जीवनमा मीर्तु सुनुयोचित छ /

जीवन जति कटर र उराठलाग्दो भएपनि, मारभुमि जस्तो सुख्खा र बनजर भएपनि, गौथली जस्तो बेदना र पीडाको सिकार भएपनि, अन्तत मानब मीर्तुदेखि रमाउन सक्दैन /

मीर्तु मन पराउदिन भन्ने अमेरिकीहरु खल्तीमा पिस्तोल लिएर हिडेपनि या मीर्तुदेखि डराउदिन भन्ने अल काईदा ओडार मुनि लुकेपनि, मीर्तु मानब जीवनकालमा सुनुयोचित छ / तेसैले त मीर्तु भनेपछि एमराजका चार पाउपनि कापेर आउछ /

एस्तो भयाभाह मीर्तुको विचार गर्दागर्दै डर र त्रासए ब्याकुल भएर मा मीर्तुलाई बिर्सेर जीवनको कल्पनामा लागे /

बास्तबमा मानब जीवन अत्यनतै सुखद जीवन हो / तेसैले त हाम्रा ईश्वरहरु, आफ्नो एश्वर्य जीवनबाट पनि दिक्क भएर बेलाबखत मानब जीवनयापन गर्न मानबको रुपमा धर्तिमा आउछन् / मानब जीवनप्रति डाह गरेर होला, ईश्वरले नै मानब जीवनकालमा मीर्तुको चलन चालाएको /

मीर्तु बिनाको जीवन भए एथार्थमा मानब जीवनको सुखद रसपान गर्न पाईन्थ्यो होला ? तर जीवन जीउनेका लागि मात्र हो / बोत्तलबित्रै, चुरोटका खिल्लीभित्रै जीवन खोज्नेका लागि जीवन धुम्रपान, मध्यपान हो / कालोबजारी गर्नेहरुका लागि रासनपान हो र देशको दुकुटी खाली पर्ने नेता र कार्यकर्ताको लागि जलपान मात्र हो /

तर गास, बास, र कपास नपाएक र समयले बेचिएका किसोर किसोरिहरुक लागि जीवन मीर्तु हो / तेसैले हुनेखानेक लागि मीर्तु बिनाको जीवन बरदान भएपनि नहुनेहरुका लागि अभिसाप हो / जे जसो भएपनि, मीर्तु मानब जीवनसिद लाएको सौगात हो / तसर्थ मीर्तु बिनाको जीवनको कल्पना गर्नु ब्यर्थ छ /

नसामा उन्मुक्त भएर होस् या भौतिक सुबिधामा लिप्त भएर होस् मानब जीवनको सुखद रसापन गर्न सकिदैन / जीवन संघर्स गर्नेहरुका लागि मात्र हो र सुख आत्मसन्तुस्टीमा बाच्नेहरुका लागि मात्र हो / तेसैले संघर्ससिल एवम् आत्मसन्तोस नै एथार्थ जीवनको रसपान हो /

डीलक्स (DELUXE) बस



दशैंको छुट्टि पछि हेटौडाबाट पोखरा पर्कन क्रममा हेटौडा बसपार्कमा टिकट काट्न गए \ लामो लाईन थियो \ सबैलाई अघाडीको सिट चाहिएको थियो \ चालक सदस्यहरुले सबै प्यासेन्जरहरुलाई समाउदै आफ्नो DELUXE बसमा चढ्न आग्रह गर्दै थिए \ सबैले खुशीसाथ DELUXE गाडीमा टिकट रू. ४०० दिएर टिकट काटे \ मैले पनि लिए \ सुरुमा काटेको भएर १ न को सिट पाए \ ड्राइभरले संकेत गर्दै थिए ; ऊ त्यो DELUXE गाडी बस्नु भन्दै \ म ड्राइभरको संकेतअनुसार गए \ टिकटमा लेखेको गाडी न. खोज्दै हिडे \ अन्तत DELUXE गाडी भेटे \ गाडी देखेर अचम्म लग्यो \ गाडीको हालत जिर्ण थियो \ गाडीको पाटपुर्जा नै बाहिर निस्केला जस्तो थियो \ बस्ने सिट पिंग जस्तै लचक लचक गर्थ्यो \ गाडीको अगाडिको सिसा सफा गर्ने १ wiper थियो १ थिएन \ रू. ४०० को टिकट काटी सकेको थिए \ बस्नु बाहेक अरु केहि उपाए थिएन \ आफनो एउटा लुगा राखेको झोला र कलेज ब्याग लिएर सिट न. १ मा बसे \

७ ; १५ बजे गाडी हिड्यो \ समयभन्दा केहि डीलो भयो \ बसको नामपनि DELUXE थियो \ तर गाडीमा चिसो हावा दिने AC थिएन र अवस्येकक्ता पनि थिएन \ चालकदाईले हरेक चोटी ब्रेक हान्दा मेरो ज्यालको सिसा आफै खुल्ने र बन्दहुने गर्थ्यो \ गाडीमा समय समयमा मानिस राखने र ओराल्ने क्रम जारी थियो \ पोखरा पुग्ने प्यासेन्जर भन्दापनि बडी बिचमा ओर्लानेहरु थिए \ एक जना व्यक्ति चालकलाई अलि चर्को स्वरमा प्रश्न गर्यो  ; तपाईको DELUXE बस एहि हो, अनि राम्रो गाडीलाई के भन्नुहुन्छ ?
चालकले हास्दै भने ; त्यो AC भाको गाडी VIP बस हो र यो DELUXE \ तपाईले गाडी हेरर चाडन पर्छ \ तपाइलाई जबार्जस्ती गरेर ल्याएको त हैन मैले ? (बास्तबमा चालकको कुरा सहि हो \ समातेर ल्याएको मात्र हो, जबर्जस्ति गरेको होईन \)
बोरामाथि बसेका, ह्यान्डल समाउदै एक अर्का तिर फर्किएर उभिएका सबै प्यासेन्जरहरु गलल्ल हासे \