कलिला मकैका दाना हामी युवाहरुलाई तेति मिठो र स्वादिलो नहोला तर बुडा
पाकाहरूलाई ती कलिला मकैका दाना छिप्पेका दातले चबाउन औधिनै रमाइलो लाग्छ / जे
होस् बुडा पाका होस् या युवा तन्नेरी, मकै सबैलाई मन पर्छ, धेर वा थोर / येस्तै
मकै खाने लामो भिड हुन्छ नारायणी नदीको किनारमा / पुर्व देखि पश्चिम जाने र काठमाडौँ
देखि बाहिर जाने, धेरैले खान्छन मकै / नून र मकैको स्वाद बेग्लै मज्जाको हुन्छ /
स्वादिलो अनि पोसिलो पनि / तेसैले होला यो मकै औधि मन पराउने यी बुडा पाकाहरुले /
मकैको व्यापार गर्ने साना ब्यापारीहरु पनि अतिनै प्रोसाहित छन्, मकै
व्यापारबाट / नारायणी किनारमा मुफतमा पाईने बलेको आगो अनि खेर नजाने र घाटा नलाग्ने
मकैको व्यापार देखी ब्यापारीहरु खुशी छन् / सस्तो, सुलब र फाईदाजनक मकै खान पाउने
यात्रीहरुपनि /
मकै रु. २० मा पाईन्छ, नारायणी बस बिसौनीमा / मकै खाने, मकै, भन्दै
बसको झ्यालमा पुक्लुक्क आईपुग्छ्न बाल स्रम्जिबिहरु / बस चलेको र रोकेको नै थाहा
पाउदैनन यी बाल स्रम्जिबिहरु / थालको मकै नभ्याईन्दाजेल झरर्दैनन यी बाल स्रमिकहरू
/ महंगीले आकाश छोएको बेला एती सस्तो मकै पाएपछि कहाँ छोडथियो र नेपालीले / मकैका
थाल खाली हुन्छन /
मकै खाने बानी पुस्तै पुस्ता देखिको चलन हो कि यो पनि बिदेशीको अनुयाई
गरेको, मलाई बुझन अलि गार्हो भयो / हाम्रो देशमा मकै भनेर खाईने यी मकै, बिदेसिले
पप कोर्न (pop corn) बनाएर खादो रहेछन / तेसैले त आधुनिकतामा
अल्मलिएका युवाहरु सिनेमा हलको पप कोर्न (pop corn) रमाई रमाई खान्छन र घरमा बनेको मकैलाई
रत्तिभर आखा लगाउदिनन /
जे नाम दिएपनि, नेपालीले सहज बुज्ने यी कलिला मकैका दाना र दातले
चपौउदा पट पट फुट्ने यी मकैका फुला, खान औधिनै रमाइलो लाग्छ / म पनि मकै
खान्छु / चाहे घरमा होस् या सिनेमा हलमा
होस् वा नारायणीको किनारमा /

No comments:
Post a Comment