हामी नेपालीहरुलाई आर्थिक कुराले पावन्दी लाग्न सक्छ तर समयको कुनै
पावन्दी छैन \ कार्यालयमा कर्मचारी भन्दा हाकिम डिलो, कक्षामा गुरुभन्दा
बिद्यार्थी डिलो र संसदमा सभामुखभन्दा सांसद डिलो \ डिलो गर्ने त नेपाली बंग्समा
आएको उपहार नै हो \ सबैको आफाफ्नो बाहाना हुन्छ \ कतिले त नेपाली टायम हो भन्न पनि
पछि पर्दैनन् \ बिहान खानामा पनि भात बेलुकी पनि भात र बचेको भात भूटेर दिउसो पनि
भुटेको भात अर्थात फ्रायड रैईस् खाने बानीले होला नेपालीहरु यती अल्छि भएको \
नेपालमा ठिक समयमा न त कुलेखाने जलबिदुत आयोजना बन्यो न त समयमा
संबिधान नै \ नेपाली टायम कुनै नेपालीले आविस्कार गरेको नौलो कुरा पनि होईन, यो त
अल्छि नेपाली पुर्खाले चलाएको कुसंस्कार हो \ बूडीवादीहरुको अल्छिपन हो \
राष्ट्रलाई पछि पार्ने एक कुतत्वो हो \ कामचोर प्रवृति हो \
No comments:
Post a Comment