Tuesday, 28 October 2014

मानब जिवन


मानव जीवन अत्यन्तै सुन्दर जीवन हो / तेसैले त मीर्तु देखि सबै डरउछन् र मीर्तुदेखि टाडा भाग्न खोजछन् / मीर्तुदेखि रमाउने र मीर्तु चाहनेहरु संभवत कुनै समाएमा पिडा र बेदनाका सिकार भएका होलान या मानसिक सन्तुलन गुमाएका होलान / साच्चिकै र्हिदयदेखि नै मीर्तु मन पराउनेहरु भएपनि बिरलै होलान / जे जसो भएपनि, चाहेपनि नचाहेपनि मानब जीवनमा मीर्तु सुनुयोचित छ /

जीवन जति कटर र उराठलाग्दो भएपनि, मारभुमि जस्तो सुख्खा र बनजर भएपनि, गौथली जस्तो बेदना र पीडाको सिकार भएपनि, अन्तत मानब मीर्तुदेखि रमाउन सक्दैन /

मीर्तु मन पराउदिन भन्ने अमेरिकीहरु खल्तीमा पिस्तोल लिएर हिडेपनि या मीर्तुदेखि डराउदिन भन्ने अल काईदा ओडार मुनि लुकेपनि, मीर्तु मानब जीवनकालमा सुनुयोचित छ / तेसैले त मीर्तु भनेपछि एमराजका चार पाउपनि कापेर आउछ /

एस्तो भयाभाह मीर्तुको विचार गर्दागर्दै डर र त्रासए ब्याकुल भएर मा मीर्तुलाई बिर्सेर जीवनको कल्पनामा लागे /

बास्तबमा मानब जीवन अत्यनतै सुखद जीवन हो / तेसैले त हाम्रा ईश्वरहरु, आफ्नो एश्वर्य जीवनबाट पनि दिक्क भएर बेलाबखत मानब जीवनयापन गर्न मानबको रुपमा धर्तिमा आउछन् / मानब जीवनप्रति डाह गरेर होला, ईश्वरले नै मानब जीवनकालमा मीर्तुको चलन चालाएको /

मीर्तु बिनाको जीवन भए एथार्थमा मानब जीवनको सुखद रसपान गर्न पाईन्थ्यो होला ? तर जीवन जीउनेका लागि मात्र हो / बोत्तलबित्रै, चुरोटका खिल्लीभित्रै जीवन खोज्नेका लागि जीवन धुम्रपान, मध्यपान हो / कालोबजारी गर्नेहरुका लागि रासनपान हो र देशको दुकुटी खाली पर्ने नेता र कार्यकर्ताको लागि जलपान मात्र हो /

तर गास, बास, र कपास नपाएक र समयले बेचिएका किसोर किसोरिहरुक लागि जीवन मीर्तु हो / तेसैले हुनेखानेक लागि मीर्तु बिनाको जीवन बरदान भएपनि नहुनेहरुका लागि अभिसाप हो / जे जसो भएपनि, मीर्तु मानब जीवनसिद लाएको सौगात हो / तसर्थ मीर्तु बिनाको जीवनको कल्पना गर्नु ब्यर्थ छ /

नसामा उन्मुक्त भएर होस् या भौतिक सुबिधामा लिप्त भएर होस् मानब जीवनको सुखद रसापन गर्न सकिदैन / जीवन संघर्स गर्नेहरुका लागि मात्र हो र सुख आत्मसन्तुस्टीमा बाच्नेहरुका लागि मात्र हो / तेसैले संघर्ससिल एवम् आत्मसन्तोस नै एथार्थ जीवनको रसपान हो /

No comments:

Post a Comment