Tuesday, 28 October 2014

फर्की आउ....



दिदि बहिनी भाईदाई सबै हुन्छन घरआज
घरको आगनमा दीयोबत्ती बाल्छन साझ
बिदीसिने साथीहरु जान बुझ सुन आज
उमङ्ग र उत्साहको देशछोडी गयौ साझ


जमरा र अछेताले सजिएका निधारर्हरु
सम्झनाले भरिएका ती बिदेसी आखाहरू
एक्लोपन र एकान्तमा लड्दैभिड्दै मुटुभित्र
सम्झदैहोलान आजभोली साथीभाइ ईस्टमित्र

बिदेसको मुलुकमा स्वाभिमानीकर्म गर्नसिक
नत्र आफ्नोमुलुक जन्मभूमिकालागि मर्नसिक
बिदेस्नु गल्ति होईन भाद्यता हो नेपालीको
फरिकी आऊ आझैपनी खाचो छ गोर्खालीको

No comments:

Post a Comment