Tuesday, 9 December 2014

अध्यारो रात




काठमानठु उपत्यकामा बस्ने, पढने अनि जागिर खाने मान्छे अनि माईक्रो नचडेको बिरलै होलान् / रातिको ६ बजे रत्नपार्कबाट ठीमिको चोकमा माईक्रोमा चडेर आए / माईक्रोमा कोच्चिएर, खुम्चिएर अनि ढल्किएर धेरै युवा-युवती सवार थिए / राति भएर होला सबैजना नेपालीहरु एउटा माईक्रोमा चडेका / धेरै अध्यारो पनि भईसकेको थियो / पुष माघको महिना थियो सायद ( डिलो घाम झुल्कने अनि छिट्टो घाम अस्ताउने महिना ) / कामबाट थाकेर घर जाने अनि खाना बनाउने काम थियो होला, ती माईक्रोका यात्रीहरुलाई / तेसैले हतारमा एउटा माईक्रोमा ३० जना मिलेर बसेका / मलाई तेस्तो कुनै हतार थिएन /

माईक्रोबाट झरेर ठिमी चोकबाट पुर्वतिर लागे, पानी टंकी तीर / आफ्नो कोठामा पुग्नु थियो मलाई / १००-२०० मीटर हिडेपछि अल्ली अध्यारो भहेको जस्तो लाग्यो / खल्तीमा मोबाईल थियो, अनि मोबाईलमा लाईट बाल्ने याप (aap) थियो / मोबाईल झिकेर बत्ति बाले / लोडसेडीनको अध्यारो रातमा त्यो मोबाईलको बत्त्तिले बाटोमा भएका साना, ठुला खाल्टा खुल्टि  प्रस्ट देखिन्थियो / आफ्नो कोठातिर लाग्दै थिए, मोबाईल फोनको बत्त्तिको सहाराले /

२-४ पाईला टेक्दै थिए / पछि पछि दुई जना महिला आउदै गरेको महसुस भयो / तर म कत्त्ति पनि ध्यान नदिएर फेरी अघि बढे / आफ्नो कोठातिर / पानी टंकी तिर / अल्ली पर पुग्दा फेरि २ जना युवा-जवान अनि आधबैस्ये पुरुषहरु पछि गर्दै थिए, मेरो हैन ती २ महिलाको पछि गर्दै थिए / अध्यारो बाटो अनि पछि २ महिला, अनि महिलाको पछि-पछि २ अध्बैस्ये पुरुष, पछि गरेको देख्दा म अल्ली आत्तिएको महसुश गरे / तर मलाई कुनै चासो थिएन, ती २ महिला अनि २ पुरुष माथि / हिडदै थिए, अध्यारो रातमा साना साना खाल्टो हेर्दै त्यो मोटर बाटोमा /

थोरै डर लाग्न लाग्यो / बाटोमा म एक्लै हिड्दै थिए / पछि २ महिला अनि २ पुरुष कुरा गर्दै थिए / अल्ली सानो आवाजमा, सायद कानेखुसि गर्दै थिए होला /

मलाई कुनै चोसोको बिसय थिएन / म हिड्दै थिए / मेरो पाईलासंगै पाईला मिलाउदै २ महिला, अनि २ पुरुष पनि पछिपछि हिड्दै थिए / मैले आफ्नो पाईला अल्ली छिटो सारे / सायद ती महिला अनि पुरुष भन्दा पनि छिट्टो जानु थियो मलाई / म झन् त्रसित भए / ती महिला र पुरुष पनि छिट्टो छिट्टो हिड्दै थिए / उनीहरुको गति देखेर मैले पनि आफ्नो गति बढाए / तर उनीहरु मेरो गति बराबर हिड्न थाले /

म त्रासले आकुल ब्याकुल भए / मेरो ध्यान पुरै पछाडी थियो / ती २ महिला अनि २ पुरुषको कुराकानी अनि हिडाई देखेर म त्यो पुषको जाडोमा राति ७ बजेपनि पसिनाले चिट चिट थिए / निधार अनि घाटीमा पसिनाको थोपा थियो / हिडाईको थकाईले भन्दापनि डरले म भिजेको थिए /


म अल्ली बढी डराउने स्वाभाबको थिए / त्यो अध्यारो रातमा झन् मलाई कहाँ सहय हुन्थ्यो र ? तेसमाथि ती पछि पछि गर्ने २ महिला अनि २ पुरुष देखेर म आकुल थिए / ई पुरुष-महिलालाई मैले चिनेको पनि थिएन / किन पछि गर्नु परेको होला ? म आफै भित्र अनि आफु संगै प्रश्न गर्न थाले /
बाटो अघि थियो तर मेरो ध्यान पुरै पछि थियो / तेसमाथि फेरी त्यो डरले गर्दा म अन्धो जस्तै भए / बाटोमा एउटा ढुलो खाल्टो रहेछ / मेरा आखाले ठम्याउनै सकेनन / म लडे / तर मेरो मोबाईल फोन मेरै हातमा थियो, सकुसल थियो /
पछिबाट एउटा पुरुषको आवाज आयो / “ भाई चोट त लागेन ” /
आवाज तेहि २ पुरुषमध्ये एकको रहेछ / २ पुरुष मध्ये एक अग्ला पुरुष मलाई सोध्दै थिए / मन हल्का भएर आयो / अलि सानो स्वरमा मैले जवाफ दिए “ हैन केहि भाको छैन दाई ” / हातको धुलो अनि माटो टकटक्याएर फेरी हिड्न थाले /
ती पुरुष पनि म संगै हिड्न थाले / “ बिस्तारै हिड्नु पर्छ नी “  भन्दै थिए एक अर्का पुरुषले /
“ अध्यारो थियो केहि देखिन मैले त ” भने ती पुरुषलाई / यसरी दुई चार शब्द कुरा भएपछि मन हल्का भयो / अध्यारो बाटोमा २ साथी भेटेपछि डर ह्वात्तै हरायो / पछिका दूई महिला संग डराउने कुरै भएन /
अग्लो चाही पुरुष सोद्दै थिए / “ भाई मेरो मोबाईलमा पनि बत्त्ति बल्छ ” भनेर /
खल्ती बाट आईफोन (Iphone) जिक्दै, देखाउदै थिए मलाई / “  बल्छ दाई एउटा याप (aap) डाउनलोड (download) गर्नुपर्छ ” भनेर भने / कुरा गर्दै हिडयौ / उनीहरु २ पुरुष दायातिर जानुपर्ने रहेछ / अनि म बायातिर, पानी टंकी तिर / हामी अफ्नोअफ्नो बाटो लाग्यौ /

मन भित्र हास्दै हिडे / अध्यारो मा बत्त्ति खोज्दै हिडेका पो रहेछन् भन्ने थाहा भयो / खल्तीमा आईफोन (Iphone) बोकेर मेरो स्यामसुन्ग (Samsung) मोबाईको बत्त्ति खोज्दै पछि पछि हिडेका रहेछन / म भित्र भित्रै हास्दै हिडे /

मेरो पछि २ महिलाहरु पनि थिए / उनीहरु पनि पानी टंकी तिर जाने रहेछन / पक्का थाहा थियो उनीहरु पनि बत्त्तिकै खोजीमा मेरो पछि लागेका थिए / मैले पनि आफ्नो मोबाईलको बत्त्ति उनीहरुलाई देखाए / हामीहरु पनि संगै हिड्यौ, अल्ली पर सम्म, पानी टंकी सम्म / अनि म आफ्नो बाटो लागे / अनि उनीहरु पनि आ-आफ्नो बाटो लागे /

No comments:

Post a Comment